७ आश्विन २०८१ सोमबार
image/svg+xml

सरायँ (वाख्वाई ह्वा) नाचेर दसैंलाई विदाई

प्रदेश नं. ५ का पहाडी जिल्लाहरुमा सरायँ नाचेर दसैंको विदाई गरिएको छ। तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच नाच्दै घटस्थापनामा राखेको जमरा सेलाएर दसैंलाई विदा गरिएको हो।

मुस्ताङबाट २६ हजार भेंडाच्यांग्रा बाहिरिए, ३५ करोड कृषकको हातमा

दसैं तिहारमा हिमाली जिल्लाबाट करिव २६ हजार भेंडाच्यांग्रा बाहिएका छन् । पर्याप्त चरन, बजार मूल्यका साथै भेंडापालनमा आकर्षण बढ्दै जान थालेपछि गत वर्षभन्दा धेरै भेंडाच्यांग्रा निकासी भएको छ।

कलाकारलाई दसैं : कसैलाई रमाइलो, कसैलाई खल्लो

दसैं केही कलाकारका लागि रमाइलो भयो त केहीले पुरानो दसैं सम्झेर चित्त बुझाए । फिल्म, गीत संगीतका कलाकारलाई आम मानिसले झैं दसैं मनाउने चाह हुन्छ । तर धेरैका लागि कमाउने अवसर पनि । कार्यक्रमको चापले चाडवाडकै बेलामा छोप्ने गर्छ।

बडादसैँ र वामदेवको पीडा

यो वर्षको विजयादशमी कतै उत्सव, कतै शोक कतै पीडा बेहोरेर सकिएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई पीडा र शोक दुवै परेको छ भने नेपालको सांस्कृतिक उन्नयन र निरन्तरताको उत्सव उहाँको पार्टीका सबै नेताले बाँकी नेपाली जनतासँगै मनाउन पुगे ।

आज कोजाग्रत पूर्णिमा, बडादसैं समापन

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ।

सहर फर्कनै सकस

दसैं मनाएर सहर फर्कने सर्वसाधारणले सवारी साधनमा सकसले यात्रा गर्नुपरेको छ। पूर्णिमासम्म टिका जमरा लगाउन मान्यजनकहाँ हिड्नेहरु र दसैं मनाएर कामको शिलशिलामा सहर फर्कनेहरु जोखिम मोलेर गाडी भित्र उभिएर र छतमा यात्रा गर्न बाध्य छन्।

दसैंमा आधा अर्बका खसी–बोका बिक्री

विगत वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा खसी–बोका, भेडाच्यांग्रा कम बिक्री भएका छन् । चौपाया खरिद–बिक्री सेवा संघका अनुसार दसैंभरिमा करिब आधा अर्ब रुपैयाँका खसी–बोका, च्यांग्राको कारोबार भएको हो।

दसैँले दिएको सन्देश

यसपटकको दसैँसकिने क्रममा छ । नेपाली परम्परामा कसैका लागि यो विजयादशमीका दिनसँगै सकिन्छ । कसैका लागि कोजाग्रत पूर्णिमासम्म कायमै रहन्छ । दसैँनेपालीको महान चाड हो वा हिन्दुहरूको ?दसैँको शुभकामना आदान–प्रदानका क्रममा यसमा विविधता देखियो । कसैले नेपालीको महान चाड भने त कसैले हिन्दुहरूको । यसलाई वैदिक हिन्दु सनातन धर्म ठान्नेहरू पनि छन्।

दसैंका बेला बढी दुर्घटना, प्रदेश १ मा १० जनाको मत्यु

गत असोज २५ गते सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मीमा स १ ह १७२७ नम्बरको अटो पल्टिँदा स्थानीय यात्रु ३५ वर्षीय नबुल लुंगेली मगरको मृत्यु भयो । अटो चालक कटारी वडा नं. ४ का कर्णबहादुर राईले तीव्र गतिमा अटो कुदाएकै कारण दुर्घटना भएको हो।

राष्ट्रपतिको राजसी टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ।

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाहीँ पढाइ पनि हुन्छ...’

मिश्रित समाजमा दशहरा

‘दसैंको मूलमन्त्र हो असत्यमाथि सत्यको विजय । त्यो मूल मन्त्र हराएको छ ।’ समाजसेवीको रुपमा नगरमा प्रतिष्ठा अर्जेका वीरगञ्जका सुपरिचित व्यवसायी बिहारी लाठका छोरा गणेशप्रसाद लाठमा समाजसँग जोडिने प्रवृत्ति बुबाबाट सरेको छ ।

कैदीलाई सिडिओले कारागारमै लगाइदिए टिका, कैद मिनाहा नगरेको गुनासो

मुलककै पुरानो कारागार मध्येकै एक मानिने जिल्ला कारागार शाखा रामेछापका कैदीबन्दीहरुले सरकारले महान चाडका अवसर पारेर कैदी बन्दीहरुलाई दिदै आएको कैद मिनाहा गरी जेलमुक्त गराउने कार्य यस बर्ष नगरेको गुनासो गरेको छन्। सरकारको यस्तो कदमले आफुहरुमा निराशा छाएको कैदीबन्दीहरुले बताएका छन्।

ट्राफिक प्रहरीको सडकमै दसैं

जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख माधव रावत टीकाको शुभ साईतपछि सडकमै सवारी चेकजाँचमा व्यस्त छन्। दसैंको समयमा मादक पदार्थ सेवन गर्ने र क्षमता भन्दा बढि यात्रु राखेर सवारी चलाउनाले दुर्घटना निम्तन सक्ने भन्दै सबै जनशक्ति लिएर उनी सडकमा खटिए।

दक्षिणाको पैसा सेयरमा

कम्पनीलाई पुँजीको आवश्यकता परेपछि पुँजी संकलन गर्न सेयर निष्कासन गर्छन् । कम्पनीले सेयर सर्वसाधारणमा निष्कासन गर्छन् । कुनै पनि कम्पनीको सेयर किन्नु भनेको आफूले किनेको सेयरको सो कम्पनीको मालिक हुनु हो । जति सेयर खरिद गरेको छ, त्यति रकमको मालिक हुनु हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्