६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘सोसल ड्रिंक्स’ बन्दै मदिरा

यहाँ स्वदेशी मदिरा उद्योगको व्यापार पनि फस्टाएको छ। चाडपर्वमा मदिराको खपत ह्वात्तै बढ्ने मदिरा व्यवसायी बताउँछन्। टेन्सबर्ग बियरका प्रबन्ध निर्देशक प्रेम खड्काले चाडपर्वमा बियरको खपत सतप्रतिशत बढ्ने बताए।

बैंकका अफर

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले असोज १९ देखी २२ गतेसम्म सम्पूर्ण बैंक बन्द हुने बताएका छन्। दसैं मनाउन चार दिन बैंक तथा वित्तीय सेवा बन्द भए पनि एटिएम सेवा सञ्चालन हुने उनले बताए।

यातायातमा डेढ अर्ब

सबै आफ्नो परिवार लिएर आफ्ना बुबाआमा, आफन्त मान्यजनसँग टीका थाप्न र आर्शिवाद लिन दसैंमा गाउँघर फर्किने गर्छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० देखि २५ लाख यात्रु दसैं मनाउन गाउँघर फर्किन्छन्।

आउनुस्, दसैं भित्र्याऊँ

मानिसले जीवनयापनको क्रममा अवलम्बन गरेका धर्म, बोलीचाली, भाषा, रहनसहन, खानपान, कला, संगीत, प्रविधि तथा चाडपर्वले मानव संस्कृतिसँग सिधा सम्बन्ध राख्छन्। घुमन्ते सिकारी जीवनबाट १२ हजार वर्षअघि कृषिमा रुपान्तरण भएर एकठाउँमा बस्न थालेपछि मानव संस्कृति र स्वभावमा परिवर्तन आएको हो।

नयाँ नोटको खुसी

वर्षभर मनाइने विभिन्न चाडपर्व, विवाह, व्रतबन्धलगायतका संस्कारमा दक्षिणा दिन नयाँ नोट नै चाहिन्छ भन्ने छैन। तर, दसैंमा भने सम्भव भएसम्म नयाँ नोट दिने प्रचलन छ।

दसैं अर्थतन्त्र

अर्थतन्त्रको नजरबाट हेर्दा दसैंका दुईवटा पाटो भए पनि यो हाम्रो वर्षभरीकै सबैभन्दा ठूलो चाड हो। त्यसैले यसलाई खुलेर मनाऔं। बलियो र स्वच्छ अर्थतन्त्र बनाउने हो भने हामीसँग अरु ११ महिना सोच्ने समय छ।

दसैंमा हिमाली च्यांग्राको स्वाद

दसैंमा सबैभन्दा बढी चासो मासुको हुन्छ। त्यसैले त अरु बेलाको तुलनामा दसैंमा दोब्बर बढी मासु खपत पनि हुन्छ। मासुमा पनि च्यांग्रा भनेपछि उपभोक्ता झनै हुरुक्कै हुने गरेका छन्। हिमाली जडीबुटी खाएर हुर्केका ती च्यांग्रा पाएसम्म उपभोक्ताले अरू खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौं च्यांग्रा पोखरामा केही दिनको अन्तरमा किनबेच हुन्छ।

भैरहवाबाट दसैंलाई पाँच अर्बको कार, मोटरसाइकल र एक अर्बको कपडा

बजारमा अहिले किनमेलको मुख्य सिजन हो। असत्यमाथि सत्यको विजयको प्रतिक मानिने दसैंमा राम्रै लगाउने र मीठै खाने पर्वको रुपमा मनाइन्छ। त्यसैले दसैं, तिहार र छठजस्ता पर्वमा बजार गुल्जार हुन्छ। लत्ताकपडा, खाद्यान्न, माछामासु र सवारी साधनको बिक्री यो बेला बढ्छ। बुटवल भैरहवाको बजारमा पनि दसैं किनमेलको चहलपहल सुरु भइसकेको छ।

रसुवागढी नाकाबाट भेंडाच्यांग्रा आयात सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेंडाच्यांग्राको आयात सुरु भएको छ। दसैं आउन केही समय बाँकी रहँदा नाकाबाट भेंडाच्यांग्राको आयात सुरु भएको हो।

सरकारी गाडीमा खसीबोका बोक्नेलाई कारवाही

दसैं विदामा बिनाअनुमती सरकारी सवारी प्रयोग गर्नेलाई जिल्ला प्रहरी कार्यालयले कारवाही गर्ने भएको छ। दसैंको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापन र सुरक्षा चुनौतीलाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रहरीले दसंैको समयमा जथाभावी सरकारी सवारी प्रयोग गर्नेलाई कारवाही गर्ने जानकारी दिइएको हो।

दसैं आयाे टालटुल सुरू

दसैं–तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने पर्व मनाउन पुख्र्यौली घर फर्कन हतारो छ। राजधानी काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड वर्षौंदेखि जीर्ण छ। जीर्ण सडक हरेक चाडपर्वलाई लक्षित गर्दै हतार–हतारमा टालटुल गरेर चिटिक्क बनाइन्छ, जुन धेरै समय टिक्दैन।

ग्रामीण सडक दसैंअघि सञ्चालनमा आउने

जिल्लाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङ जोड्ने तथा अन्य बस्ती जोड्ने सडक सञ्चालनमा ल्याउन योजना बनाइएको छ।

दसैंमाथि व्यंग्य गर्दै ‘टिका’ मन

दसैंको चहलपहल सुरु हुँदै गर्दा राजधानीको थापागाउँस्थित कुञ्ज नाटकघरमा कलाकारहरूको एक टोली पिङमा मच्चिन व्यस्त थिए। नजिकिँदै गरेको दसैंलाई केन्द्रित गरेर कुञ्ज नाटकघरमा मञ्चन भइरहेको ‘टिका’ नाटकले दर्शकलाई दसैं आएको अनुभूति गराएको छ।

संस्थानको एकाधिकार तोड्ने सरकारी संकेत

कार्यक्रममा मन्त्री यादवले दसैं तिहारमा सुपथ मूल्यको पसल खोल्ने अरू समय मनपरी मूल्य असुल्ने गरेको भन्दै पर्वमा सहुलियत मूल्य र अरूबेला सुपथ मूल्यमा सामानको बिक्री–वितरण हुनुपर्नेमा जोड दिए।

व्यावसायिक घरानाको उपहार र छुट

यो वर्षको दसैं सुरु हुन केही दिन मात्र बाँकी छ। दसैंको टिका असोज २१ मा भए पनि बजारमा किनमेल गर्नेको भिड देखिन थालेको छ। काठमाडौंका मुख्य बजार न्युरोड, खिचापोखरी, असन, इन्द्रचोक, पुतलीसडक लगायतमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्