६ आश्विन २०८१ आइतबार
image/svg+xml

चिनियाँ दसैं

यही माघ १० गते मध्यरातदेखि चिनियाँले सुँगुर वर्ष बिदा गरेर मुसा वर्षलाई स्वागत गर्दै छन्। तसर्थ चीनमा शुक्रबारदेखि एक साता सार्वजनिक विदा हुन्छ।

छठमा बजार ‘चहलपहल’

दसैंतिहारमा समेत खास कारोबार नभएको भनी व्यवसायीहरूले बताइरहेका बेला छठले भने बजारलाई ‘गुल्जार’ बनाएको छ। रेडिमेड कपडादखि घिउचिनीसम्मका पसललाई ग्राहक सम्हाल्न भ्याइनभ्याइ छ। फलफूल, बाँस र माटोबाट बनेका भाँडाकुँडासँगै अरूबेला बजारमा खासै नदेखिने सामानहरूको बिक्री बढेको छ।

दसैं तिहारले पर्यटकीयस्थलमा चहलपहल

दसैं र तिहारको मौका पारेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडा सदस्य घनश्याम राई आफन्तसहित पर्यटकीयस्थल ट्याम्केडाँडा पुगे। उनले लामो समयदेखि खोटाङ र भोजपुरको सीमामा रहेको ट्याम्केडाँडा घुम्ने रहर यसपल्ट दसैं तिहारको फुर्सदको समयमा पूरा गरेका हुन्।

दसैं सकियो, कालापहाड जानेको लर्को

दसैं सकिएसँगै कर्णाली प्रदेशका बस्तीहरु खाली हुँदैछन्। चाडपर्व मान्न आएकाहरु पुनः रोजगारीका लागि गन्तव्यतर्फ फर्किनेक्रम सुरु भएको छ। कर्णालीका अधिकांश युवाहरुका लागि रोजगारीको गन्तव्य भारत हो। भारतका उत्तराञ्चल, हिमाञ्चल, उत्तराखण्डलगायतका पहाडी र हिमाली क्षेत्रमा गएर यहाँका यु्वाहरु मजदूरी गर्छन्।

दसैंमा देखिएको लैंगिक विभेद

घरको छतमा एक जोडी परेवा सँगै बस्छन्, सँगै आकाशमा उड्छन्। म कल्पना गर्छु– कहिले त्यो दिन आउला र हामी महिला र पुरुष पनि त्यसैगरी समान रूपमा जीवनयापन गर्न पाऔंला ? अनि फेरि सोच्छु– त्यसको सुरूवात त आफू र आफ्नै घरबाट गर्नुपर्छ। अनि पो समानता आउँछ।

तलब पाएनन्, ऋण काढेर दसैं

विद्यालय व्यवस्थापन समितिमा आफ्नो अनुकूलको नेतृत्व नभएकाले नगरपालिका प्रमुखले नै यो लफडा गरेको शिक्षक–कर्मचारी बताउँछन्।

बालबालिकालाई दसैंको बिदामा कसरी खुसी राख्ने ?

बालकदेखि वृद्धसम्म महिला पुरुष सबै नेपालीका लागि खुसी लिएर आउने चाड हो दसैं । आफन्तसँगको भेटघाट, नयाँ ठाउँको घुमघाम, नयाँ लुगा, टीका–जमरा यिनै हुन् दसैँलाई रमाइलो बनाउने कुराहरू । नेपालीहरूको महान् चाड भएकैले दसैंमा विद्यालयहरूले बालबालिकालाई लामो बिदा दिएका हुन्छन् ।

दसैंमा घुमफिर

दसैं हिन्दु नेपालीहरुको मुख्य र महत्वपूर्ण पर्व हो। मुलुक आधुनिकतातर्फ अघि बढ्दै गर्दा दसैं मनाउने शैली पनि क्रमशः परिवर्तन हुन थालेको छ।

लिक्मामा चतुर्दशी दसैं

गौरीगंगा नगरपालिका–८, लिक्मामा शनिबार चतुर्दशी दसैं लागेको छ। बडादसैंको चौथो दिन अर्थात आश्विन शुक्ल चतुर्दशीका दिन साविकको मसुरियास्थित लिक्मामा चतुर्दशी दसैं लाग्ने गर्दछ।

सेलिब्रिटीका दसैं: स्वदेशदेखि विदेशसम्म

एक्सन कटमा रमाउने कलाकारहरूले दसैंलाई धुमधाम नै मनाए। तर, उनीहरूका दसैं भिन्नभिन्न रह्यो। कसैले स्वदेशमै टिका लगाएर मनाए कसैले विदेशमा टिका लगाए। कसैलाई फिल्म प्रमोसनको चटारोले भ्याइनभ्याइ बनायो भने कसैलाई पारिवारिक जमघटमा रमाउन फुर्सद मिल्यो।

उहिलेको दसैं

दश वर्षको उमेरमै बिहे भएकी कमला भन्छिन्, ‘दसैंआउनु एक महिना अघिदेखि मुसलमानहरू डोकोभरि चुरा र पोते बोकेर गाउँ डुल्न थाल्थे। दशमीको दिन घरमा टीका लगाएपछि कहिले भोलि हुन्छ र माइत जान पाइन्छ भन्ने लाग्थ्यो। रातभरि निद्रा पर्दैनथ्यो।’

दसैंमा तरकारीको मुल्य ह्वात्तै बढ्यो

सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दसैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने बस्तुहरुको मूल्य ह्वात्तै बढाइएको हो।

पति र सन्तान रक्षाको अनुष्ठान ‘खोइछ भराई’

देशको अन्य ठाउँमा महाअष्टमी पर्व विभिन्न अनुष्ठान गरी मनाइरहेका बेला मधेसका महिलाहरु ‘खोइछ भराई’(पति र सन्तान रक्षाको विशेष पुजा) गरी धुमधामसँग मनाइरहेका छन्।

दसैं हाइकिङ

हिमाल खुल्ने मौसम। चारैतिर हरियाली वातावरण। परिवार र आफन्तको साथ। पर्वको रमझम। रमाइलो वातावरण। आउनुहोस् हाइकिङ गरौं। आफ्नो सेरोफेरोका डाँडापाखामा हिँडौं। स्वस्थ बनौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्