२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु

विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन्।

इन्जिनियरिङ लाइसेन्सको परीक्षा अवको तीन महिनाभित्र

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरको डिपार्टमेन्ट अफ आर्किटेक्चर, सिभिल इन्जिनियरिङ एण्ड साइन्स एण्ड हुम्युनिटिले शुक्रबार गरेको विदाई कार्यक्रममा डा. झाले त्यसका लागि वढीमा दुई महिनाभित्र फर्म खुल्ने जनाए।

संघीय राजधानी प्रस्ताव भएको थियो प्रदेश राजधानी दाङ

प्रदेशका १२ जिल्लाको पायक थलो दाङ (देउखुरी) मा लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा आएको छ। भेगीय स्वार्थका कारण राजधानी कार्यान्वयनमा बिलम्ब भयो।

द ब्रान्ड नेपालले ल्यायो विन्टर संस्करण

नेपाली उत्पादनहरूको अनलाइन बजार द ब्रान्ड नेपालले विन्टर संस्करण ल्याउने भएको छ। स्थानीय ब्रान्डहरूलाई प्रवर्द्धन गर्ने उदेश्यले ब्रान्ड नेपालले विन्टर संस्करण ल्याउन लागेको हो।

वायु सेवा निगमको आन्दोलन सहमतिमा टुंगियो

नेपाल वायुसेवा निगममा कार्यरत उडान कर्मचारीले गर्दै आएको आन्दोलन व्यवस्थापनसँगको सहमतिपछि टुंगिएको छ।

क्याबिन क्रुहरूसँगको सहमति पछि नेपाल एयरलाइन्सको उडान सुचारु

क्याबिन क्रुहरूसँगको सहमति पछि नेपाल एयरलाइन्सको उडान सुचारु भएको छ।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च राजकीय सम्मान प्रदान गर्न लागेको छ।

सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ

काठेखोला गाउँपालिका-५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन्।

सिएसिसिआईको उपाध्यक्षमा श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन (सिएसिसिआई) को उपाध्यक्षमा निर्वाचित भएका छन्।

ग्रामीण दूरसञ्चार विकास कोष: ‘सूचना महामार्ग’ परियोजना पाँच वर्षदेखि अलपत्र

नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अघि सारिएको ‘सूचनाको महामार्ग’ मध्यपहाडी लोकमार्ग तथा ७७ वटै जिल्ला सदरमुकाममा अप्टिकल फाइबर बिछ्याउने परियोजना पाँच वर्षदेखि अलपत्र पर्दै आइरहेको छ।

अध्यादेश फिर्ता लिन बारको माग

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले सरकारले ल्याएको ‘मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेश २०७९’ मा आपत्ति जनाउँदै त्यसलाई अविलम्ब फिर्ता लिन माग गरेको छ।

साहसिक पर्यटकीय प्रडक्टमा थपियो एटिभी

पोखरामा साहसिक गतिविधि रुचाउने पर्यटकका लागि फरकफरक प्रडक्ट छन्। तिनैमा मिसिन आइपुगेको छ, एटिभि (अल टेरेन भेइकल)। झट्ट हेर्दा मोटरसाइकल चलाएजस्तो देखिएपनि एटिभी चारपांग्रे सवारी हो। पोखराले साहसिक गतिविधि रुचाउने पर्यटनका लागि पहिलोपटक यो साधनलाई प्रयोगमा ल्याएको छ।

तीन सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रतिताेला तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा आएको छ।

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्