८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

इन्जिनियरिङ लाइसेन्सको परीक्षा अवको तीन महिनाभित्र

इन्जिनियरिङको लाइसेन्सका लागि हुने परीक्षा आगामी तीन महिनाभित्र सञ्चालन हुने भएको छ। नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य डा. अजयकुमार झाले अवको तीन महिनाभित्र परीक्षा लिने तयारी भइरहेको बताए।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरको डिपार्टमेन्ट अफ आर्किटेक्चर, सिभिल इन्जिनियरिङ एण्ड साइन्स एण्ड हुम्युनिटिले शुक्रबार गरेको विदाई कार्यक्रममा डा. झाले त्यसका लागि वढीमा दुई महिनाभित्र फर्म खुल्ने जनाए। ‘परीक्षाको मिति न अहिले नै निश्चित भएको छैन तर वढीमा तीन महिनाभित्र परीक्षा लिन्छौं, उनले भने।  

एक सय पूर्णांकमा परीक्षा हुने उनले जनाए। उतीर्ण प्रतिशत ५० रहने जानकारी उनले गराए।त्यसमा चार वटामा एउटा सही उतर छनौट गर्ने गरी प्रतिप्रश्न एकएक नम्वरका ६० वटा र प्रति उतर दुईदुई नम्वरको २० वटा प्रश्न गरी एक सय पूर्णांकका परीक्षा चल्ने उनले बताए। परीक्षामा सामान्य प्रश्न मात्रै आउने भएकोले सवैले सजिलै उतीर्ण गर्नसक्ने उनको विश्वास थियो। यति प्रश्नमा अनुमानको आधारमा टिक लगाउँंदा पनि २० तीस वटा त आफै मिल्ने सम्भाबना हुन्छ, उनले भने, अलिकति पढेपछि त सजिलै पास हुन्छ।

स्नातक उतीर्ण इन्जिनियरिङका विद्यार्थीले काम गर्नका लागि यो वर्षदेखि थप परीक्षा दिनुपर्ने भएको हो। कलेजको परीक्षा पास गरेपछि काम गर्न लाइसेन्सका लागि उनीहरुले नेपाल इन्जिनियरिङ काउन्सिलको परीक्षा उतीर्ण गर्नुपर्ने भएको हो। यसअघि उनीहरुले काउन्सिलबाट लाइसेन्स लिएर काम गर्न स्वीकृति थियो।

कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले पढाई पूरा नभई वास्तबमा यस्तालाई साँंचो रुपमा पढाई सुरु भएको रुपमा लिन सुझाब दिए।कामसँंगसँंगै सिक्ने पनि भएकोले यसलाई पढाई सुरु भएको रुपमा लिन म सवै पास आउट विद्यार्थीलाई अनुरोध गर्दछु, उनले भने।उनले इन्जिनियरिङ पेशामा अवसर र चुनौती दुवै भएको अनुभब सुनाए।

कार्यक्रममा कलेजका एकेडेमिक कोअर्डिनेटर बाबुराम भटराई, एसोसिएट प्रोफेसरहरु सचिन श्रेष्ठ, रवीन्द्रकुमार बुढाथोकी, अजय खड्कालगायतले कलेज पास आउट गरेका विद्यार्थी कलेजका ब्राण्ड एम्वेसडर भएको बताउँंदै कुशलतापूर्वक काम गर्न निर्देशन दिए।  

कार्यक्रममा तीन वटा समूहका सिभिल इन्जिनियरिङका एक सय ४० जना र आर्किटेक्टका ४६ जना विद्यार्थीलाई विदाई गरेको थियो। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो।

प्रकाशित: १ पुस २०७९ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App