२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

संसद्‌मा इलामे सांसद निश्कलको कडा प्रश्न: जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ ?

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने अभिव्यक्ति दिएको विषयले आफू मात्र नभई सम्पूर्ण नेपाली नागरिकको शिर निहुरिएको महसुस भएको बताए ।

उनले भने, ‘आज यो संसदमा उभिँदा मेरो शिर निहुरिएको महशुस भएको छ । हिजो मात्र यो गरिमामय सदनको रोष्टममा उभिएर प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन करिब तीन करोड आम नेपाली नागरिकको शिर निहुरिएको हुनुपर्छ ।’

उनले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर दिएको उक्त अभिव्यक्ति संसदको अभिलेखमा दर्ज भइसकेको र नजिरका रूपमा स्थापित भएको उल्लेख गरे । प्रधानमन्त्रीको भनाइप्रति सत्तापक्षका सांसदहरूले ताली बजाएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘रोष्ट्रममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो नेपालले पनि भारतको पनि जग्गा मिचेको छ, यो संसदमा रेर्कड भएको छ । यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ । जसमा बडो गर्वका साथ सत्तापक्षका माननीयज्यूहरुले बर्वर ताली पड्काउनुभयो । उहाँहरुलाई पनि मेरो प्रश्न छ अलिकति आत्माग्लानी यहाँहरुलाई पनि हुनुपर्छ ।’

प्रकाशित: १८ जेष्ठ २०८३ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App