१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिएसिसिआईको उपाध्यक्षमा श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन (सिएसिसिआई) को उपाध्यक्षमा निर्वाचित भएका छन्। अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न महासंघको ३६ औंं सम्मेलनबाट उनी उपाध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन्।

उनको संलग्नतामा आउने दिनहरूमा एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसनमा संलग्न राष्ट्रहरू बीच आर्थिक एवं व्यावसायिक सम्बन्ध थप विस्तार हुने विश्वास पञ्चकन्या समूहले गरेको जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७९ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App