२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ। पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन्।

डुब्यो ‘गोबरगाढा’ गाउँ, डुबान पीडितको उद्धारका लागि हाइअलर्टमा उद्धारकर्मी

मनसुनसँगै निरन्तरको बर्षापछि कोसी नदीमा बढेको पानीको बहाव हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा गाउँ पसेपछि ढुबान भएको छ ।

बाढी पहिरो पीडितलाई तत्काल उद्धार गरी विद्यालय भवनमा राखिने

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको छ ।

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन्।

बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर

सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ। मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो।

विदेशमा अलपत्र परेकाको उद्धार जारी

दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि छवटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन्।

विदेशबाट १८ हजार २ सय ९३ जनाको उद्धार

कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि बिभिन्न देशमा रोकिएका नेपालीहरुको उद्दारको काम तीब्रता दिइएको छ। एनआरएनए र विदेशस्थित नेपाली कुटनीति नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको छ।

थप उद्धार उडान गर्न अनुमति

कोभिड–१९ महामारीले विदेशमा अलपत्र परेका नेपालीलाई घर फर्काएनस्वदेशी विमान कम्पनीहरुले थप उडान अनुमति पाएका छन्। सरकारले गत जेठ २८ देखि सुरु गर्ने गरी नेपाल एयरलाइन्सलाई २४, हिमालय एयरलाइन्सलाई १९ र विदेशी विमान कम्पनीलाई २४ उडानको अनुमति दिएको थियो।

अलपत्र नेपालीको नियमित उद्धार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ।

नेपाली दूतावासले युएईबाट हुने उद्दार उडान सहज बनायो

कोभिड १९ को विश्वव्यापी महामारीका कारण युएईबाट घर फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरुले अब पुर्वनिर्धारित चार्टर फ्लाईटहरुमा आफुले चाहेको मिति र एयरलाईन्स मार्फत घर फर्किन पाउने भएका छन्।

निःशुल्क उद्धार गर्ने संख्यामै अलमल

कोरोना भाइरसको महामारीका कारण विदेशमा रोजगारी गुमाएका ठूलो संख्याका श्रमिक उद्धारको पखाइमा छन्। सर्वोच्च अदालतले उद्धारको आदेश दिएको पनि दु्ई महिना भइसक्यो। सर्वोच्चले विदेशमा अलपत्र परेकालाई वैशाख ४ गते उद्धार थाल्न आदेश दिएको थियो।

कार्यविधि ढिलाइले महँगो हवाई भाडा

विदेशमा अलपत्र परेकालाई सरकारी कोषको रकम खर्चेर उद्धार गर्न अघिल्लो साता सर्वोच्च अदालतले आदेश दिएको थियो।

विदेशमा अलपत्र तीन हजार १०८ जनाको उद्धार, ४० शव ल्याइयो

शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् ।

विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ। सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो। गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्