२० आश्विन २०८१ आइतबार
image/svg+xml

कोभिडले ८ सय निजी विद्यालय बन्द हुने अवस्थामा

कोभिड महामारीका कारण देशभरिमा सञ्चालित आठ हजार निजी विद्यालयमध्ये १० प्रतिशत विद्यालयको अस्तित्व संकटमा परेको छ। कोरोना महामारीमा विद्यालयले आफ्नो सञ्चालन खर्चसमेत उठाउन नसकेपछि १० प्रतिशत अर्थात् झण्डै आठ सय निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्यावसन तथा एनप्यावसनले जनाएका छन्।

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/०७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइतबार राजीनामा दिएका हुन्।

लायन्स क्लब अफ काठमाडौं कन्सर्नद्वारा ४० विद्यार्थीलाई ड्रेस, स्कुल ब्याग तथा स्टेसनरी सामाग्री वितरण

लायन्स क्लब अफ काठमाडौं कन्सर्नले सिरहा जिल्ला लहान नगर पालिका १५ ढोढनास्थित श्री आधारभूत विद्यालय बेतहा खोलाका ४० विद्यार्थीहरुलाई ड्रेस, स्कुल ब्याग तथा स्टेसनरी सामाग्री वितरण गरेको छ।

विद्यालय संरचनाको साढे चार करोड बेरुजु

शिक्षा विकास तथा समन्वय इकाईले एउटै विद्यालयबाट २० लाख रूपैयाँसम्म बेरुजु बाँकी रहेको जनाएको छ। लामो समय बेरुजु फस्र्योट नभएपछि इकाई कार्यालयले विद्यालयको नाम र बेरुजु रकमको सूचीसमेत सार्वजनिक गरेको छ। केही महिनाअघिसम्म कार्यालयले विद्यालयमा भएका भौतिक निर्माणको झन्डै ९ करोड रूपैयाँ बेरुजु फस्र्योट गर्न बाँकी थियो।

त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गरिने

त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रहरुमा सीसी क्यामेरा जडान गर्ने भएको छ। विश्वविद्यालयले आगामी चैत २० भित्र अनिवार्यरूपमा सीसी क्यामेरा जडान गरिसक्न परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको हो।

स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाँदै शृङ्खला खतिवडा

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत हार्वर्डको ग्राजुएट स्कुल अफ डिजाइनमा आफू छनोट भएको जानकारी गराएकी हुन्। इन्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहेकी श्रृंखलाले त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्नेछिन्।

अपहरणमा परेका नाइजेरियाका २ सय ७९ छात्रा रिहा

अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन्। देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन्। अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ। उनीहरुलाई सरकारी संरक्षणमा राखिएको सरकारी अधिकारीहरुले मङ्गलबार एएफपीलाई जानकारी दिएका छन।

शारदा र होल्याण्ड विजयी

धनगढीमा संचालन भैरहेको चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत आईतवार भएका खेलमा शारदा विद्या निकेतन र होल्याण्ड स्कुल विजयी भएका छन । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा संघिय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शनिवार देखि विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता संचालन भैरहेको हो । आईतवार भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई २६ रनले जितेको छ । टस जितेर ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ६६ रन बनाएको थियो । उस्का लागी सुरुवाती ब्याट्सम्यान दिनेश ओडले सर्वाधिक ९२ रनको योगदान गरेका थिए भने अर्जुन साउँदले २५ र विराट सेवाले १६ रन बनाएका थिए । लिटल बुद्धका लागि सागर भण्डारीले ३ र सागर थापाले २ विकेट लिएका थिए ।

नाइजेरियामा विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ जना रिहा

पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन्।

विद्यालयमा आगलागी, एक करोड बढीको क्षति

विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ बजेदेखि आगलागी सुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए। आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ। आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ दुलालले बताए।

विद्यालय सुधारका लागि साढे दुई अर्ब छात्रवृत्ति

सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न भन्दै १४ किसिमको छात्रवृत्तिका लागि साढे दुई अर्बभन्दा बढी रकम छुट्याएको छ । छात्रवृत्तिले विद्यालयमा बालबालिकालाई निरन्तर आउन प्रोत्साहन गरी टिकाइराख्ने वातावरण तयार गर्नुका साथै सिकाइ उपलब्धिसमेत बढाउने सरकारको विश्वास छ ।

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताए। विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन्।

विद्यालयहरुमा स्वास्थ्य शिविर

स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका विभिन्न विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ । विद्यार्थीहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

सिएको अवसर र उच्च अध्ययनमा त्रिवि तगारो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चार्टर्ड एकाउन्टेन्ट (सिए)को उपाधिलाई दिँदै आएको समकक्षता रोक्दा सयौं सिए उच्च शिक्षा अध्ययन लगायत विभिन्न अवसरबाट वञ्चित भएका छन्। त्रिविको कदमबाट समकक्षता पाउने समयमा कलेज भर्ना भई स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका व्यक्तिसमेत प्रमाणपत्र र ट्रान्सकृप्टबाट वञ्चित छन्।

विद्यालय खुलेपछि विद्यार्थी खुसी

भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेले का अथर्व पालका लागि सोमबार दिन विशेष दिन बन्यो। करिब एक वर्षपछि स्कुल गएर पढ्न पाउनु पाउँदा उनी निकै खुसी भए। कोरोना भाइरससँगै गत चैत ६ गतेबाट बन्द भएको उनको स्कुल सोमबार पहिलो पटक भौतिक रूपमा विद्यार्थी उपस्थित भएर कक्षा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्