coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाँदै शृङ्खला खतिवडा

पूर्व मिस नेपाल शृङ्खला खतिवडा स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाँदै छिन्। उनी अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि छनोट भएकी हुन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत हार्वर्डको ग्राजुएट स्कुल अफ डिजाइनमा आफू छनोट भएको जानकारी गराएकी हुन्। इन्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहेकी श्रृंखलाले त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्नेछिन्।

उनी केही समयमा अमेरीका जाने भएकी छिन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर विषयमा स्नातक गरेकी शृङ्खला सन् २०१८की मिस नेपाल हुन्।

प्रकाशित: १९ फाल्गुन २०७७ ०५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App