२३ आश्विन २०८१ बुधबार
image/svg+xml

धराप बन्दै राजमार्गका पुल

महोत्तरीका बर्दिबास, सीतापुर भंगहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर अनुमति दिने र ढुंगा, गिट्टी, बालुवा उत्खन्नबाट वार्षिक करोडौं राजस्व उठाउने गर्दछ। तर नदीजन्य सामग्री निकाल्न प्रयोग गरिने ठूला एक्साभेटर, लोडर र सामान ढुवानी गर्ने टिपर दौडँदा जिल्लाका राजमार्ग र सहायक सडक जीर्ण बन्दै मात्र छैनन्, पुलहरू त धराप नै भइसकेका छन्।

जोखीमपूर्ण कर्णाली राजमार्गः सडकमै नाच्छन् गाडी

गुठिचौर गाउँपालिकाका ऋशिकेश बुढा सुर्खेतदेखि जुम्ला आउदै थिए। जब उनी दैलेख कालिकोट खण्डको दहिखोला पुगे उनीको असहज यात्रा सुरु भयो। जताततै खाल्डै खाल्डो, सडकमा पानी र साँघुरोबाटो थियो । यात्रामा उनी निदाएनन् । निदाउन कसरी, मनमा जीवन कै प्रश्न मडारिएपछि। ‘सकुसल घर पुग्छौँ कि पुग्दैैनौँ? खाल्डा खुल्डीले सडकमै गाडी नाच्छ, तल हेर्यो एकोहोरो सुस्याउने तिला नदी, माथि हेर्यो कडा चट्टाने भीर।

सडक छैन, भ्यु टावर!

पूर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका–३, दापगाछी पुगिन्छ। त्यहीं ठाउँमा दुई वर्षअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए।

मध्यपहाडी राजमार्गमा खाल्डै खाल्डा

गुणस्तरहिन कालोपत्रे हुँदा मध्यपहाडी राजमार्गमा जताततै खाडलै खाडल भएको छ। सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीखण्ड अझै निर्माणकै चरणमा छ। केही स्थानमा पुल बन्न बाँकी छ भने केही स्थानमा सडक कालोपत्रे हुँनै बाँकी छ।

४० नयाँ सहर बनाउने सरकारको योजना अलपत्र

व्यवस्थित सहरीकरण गर्न नयाँ सहर निर्माण गर्ने सरकारको योजना अलपत्र परेको छ। सरकारले आठ वर्षअघि मुलुकका प्रमुख दुई राजमार्गमा व्यवस्थित सहरहरु बनाउने घोषणा गरेको थियो।

हुलाकी मार्गको आसमा थलिँदै पूर्वका पुराना बजार

नयाँ बजार बढेसँगै पुराना बजारहरु थला पर्न थालेका छन्। बढ्दो बसाइँसराइ, यातायातको सुगमताले सीमावर्ती बजार सुक्न थालेका हुन्। पूर्व–पश्चिम राजमार्ग बनेपछि सीमावर्ती क्षेत्रका बजार ओझेलमा परेका हुन्। गौरीगन्जका पुराना बासिन्दा धर्मनारायण दासका अनुसार राजमार्ग त्यसबेलाबनेका थिएनन्।

राजमार्गमा पुल निर्माण र सुधार गर्न २० अर्ब

पूर्व–पश्चिम राजमार्ग र त्यससँग जोडिएका ठूला राष्ट्रिय सडकमा पुल निर्माण, सुधार र मर्मत गर्न करिब २० अर्ब रुपैयाँ खर्च गरिने भएको छ। राजमार्गका पुल निर्माण, सुधार र मर्मतका लागि आवश्यक पर्ने एक सय ८२ मिलियन अमेरिकी डलर (करिब २० अर्ब रुपैयाँ) विश्व बैंक र नेपाल सरकारको साझेदारीमा बेहोरिने सडक विभागले जनाएको छ।

बिपी राजमार्ग : हाम्रो हातमा नरिवल

काठमाडौं उपत्यकालाई पूर्वी तराईसँग जोड्ने, जापानको सहयोगमा १८ वर्ष लागेर निर्मित १६० किमि लामो बिपी राजमार्ग सरकारको फितलो अनुगमन तथा जथाभावी प्रयोगका कारण द्रुत गतिमा बिग्रने क्रममा छ।

सार्वजनिक सवारीमा सुरक्षा

पहिले पहिले पूर्व–पश्चिम राजमार्गमा गाडीहरू डाँकाको फन्दामा पर्ने गरे पनि सार्वजनिक सवारी साधनमा लुटपाटका घटना सुनिन छोडेको निकै भइसकेको हो। अहिले राजधानी काठमाडौँभित्रै लुटपाट हुन थाल्नु अनौठो भएको छ। सहरका सार्वजनिक स्थान र सवारीमा आपराधिक घटनाले नयाँ रूप लिइरहेको छ।

मोटरसाइकल सहित नदीमा खस्दा एकको मृत्यु

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डबाट मोटरसाइकल सहित तिनाउँ नदीमा खसेका १ जनाको मृत्यु भएको छ।

कमिसनको खेलमा गुणस्तरहिन खाना

विपी राजमार्गका होटलमा ताजा र गुणस्तरिय खाना पाउँन मुस्किल पर्न थालेको छ। ट्रयाक सडक हुँदासम्म गुणस्तरिय मिठो खाना पाइने यहि राजमार्गमा सवारी चाप बढेसँगै खुलेका होटलले खानाको गुणस्तरमा भन्दा व्यापारमा प्रतिस्पर्धा गर्न थालेपछि यात्रुका लागि गुणस्तरिय खाना खुवाउने होटलको अभाव देखिएको छ।

जीर्ण कोसी राजमार्ग अवरोध

संखुवासभामा निर्माण सुरु भएको अरुण–३ जलविद्युत् परियोजनाका लागि आवश्यक सामान ढुवानीमा समस्या भएको छ। जीर्ण कोसी राजमार्गका कारण सामान ढुवानीमा समस्या भइरहेको परियोजनाले जनाएको छ।

पप्पुका कारण रोकियो हुलाकी राजमार्ग निर्माण,सिक्टामा धरौटी जफत

पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको निर्माण कार्य ठप्प भएको छ । नेपालगञ्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको छ ।

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार राति ट्रिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना, ३ को मृत्यु

पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा दुई सवारी आपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्