देशमा विद्यमान नियम/कानुन अन्तर्राष्ट्रिय स्तरकै देखिन्छ तर त्यसलाई पालना गर्ने वातावरण र विकल्पहरू नहुँदा तिनको उचित ढंगले कार्यान्वयन भएको पाइँदैन। देशका सबै क्षेत्रमा भएका यस्तो गन्जागोल स्थितिको फलस्वरूप जनता दैनिक आधारभूत आवश्यकता पूर्ति गर्न पनि संघर्षरत छन्।
काठमाडौं उपत्यकालाई पूर्वी तराईसँग जोड्ने, जापानको सहयोगमा १८ वर्ष लागेर निर्मित १६० किमि लामो बिपी राजमार्ग सरकारको फितलो अनुगमन तथा जथाभावी प्रयोगका कारण द्रुत गतिमा बिग्रने क्रममा छ।
नेपाललाई स्विट्जरल्यान्ड बनाउने जस्ता खोक्रा कुरा हाम्रा नेताहरूको मुखबाट निकै सुनियो तर २१ औँ शताब्दीमा स्रोत सम्पन्न हुँदाहुँदै पनि पानी र विद्युत्को अभावमा देशको अवस्था निकै नाजुक छ।