२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सिद्धार्थ राजमार्ग भासियो (फोटो फिचरसहित)

सिद्धार्थ राजमार्गको ठाउँठाउँमा सडक भासिएको छ। तानसेन–बुटवल सडकखण्डको विभिन्न ठाउँमा चिराचिरा परेर सडक भासिएको हो। सडक भासिएपछि ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन। यो सडकमा अहिले हलुका साना सवारी साधनमात्र सञ्चालन भएका छन्।

बाढीपहिरोमा थप ६ जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण थप ६ जनाको ज्यान गएको छ। धादिङ र दार्चुलामा पहिरोले पुरिएर पाँच र रौतहटमा बाढीले बगाएर एकजनाको ज्यान गएको हो। बाढीपहिरोबाट कम्तीमा १५ जना घाइते र सयौं परिवार विस्थापित भएका छन्।

पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो, आवागमन पूर्णरुपमा ठप्प

अविरल वर्षापछि पहिरो जादाँ पृथ्वी राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको छ । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा रहेको मौवाखोलाको पुल बगाउदाँ आवागमन पूर्ण रुपमा ठप्प छ ।

पहिरोले पृथ्वी राजमार्गको तनहुँ खण्डमा सडक अवरुद्ध

पृथ्वी राजमार्गको तनहुँ खण्डमा अविरल बर्षाका कारण आएको पहिरोका कारण चार स्थानमा राजमार्ग अवरुद्ध बनेको छ ।

खुल्यो अवरुद्ध सिद्धार्थ राजमार्ग

पहिरो र ढुङ्गा खसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझबाट सुचारु भएको छ । तानसेन नगरपालिका–८ गौडेपुलनजिकै शुक्रबार राती पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । यस्तै शनिबार राती तिनाउँ गाउँपालिका–३, पैठेडाँडाबाट ठूला ढुङ्गा सडकमा खस्दा सडकपूर्ण रुपमा बन्द भएको थियो ।

अझैं खुलेन पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग (फोटो फिचरसहित)

पहिराेले शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार (आज) पनि खुलेको छैन। तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। शनिबार दिनभर सडक खुलाउन डोजर प्रयोग गरिए पनि पहिरो खस्नेक्रम नरोकिएपछि समस्या थपिएको छ। यस्तै शनिबार राति तिनाउँ गाउँपालिका–३, पैठेडाँडाबाट ठूला ढुङ्गा सडकमा खस्दा सडक पूर्ण रुपमा बन्द भएको छ।

तातोपानीबाट सातादेखि आयात ठप्प

अरनिको राजमार्ग बाढीपहिरोले अवरुद्ध हुँदा उत्तरको मुख्य व्यापारिक नाका तातोपानीबाट हुने आयात सातादेखि ठप्प भएको छ । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् ।

आठ घण्टापछि खुल्यो कर्णाली राजमार्ग

पहिरो गएको ८ घण्टापछि कर्णाली राजमार्ग खुलेको छ । विहान साढे ७ बजे कर्णाली राजमार्गको जुम्ला खण्डको रारा डुण्डेलीमा झण्डै २० मिटर सडक पहिरोका कारण पुरिएको थियो ।

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो गएपछि विहानै देखि सवारीसाधन चल्न सकेका छैनन्। तिला गाउँपालिका–१ राराको गाडगुडेनी खण्डमा पहिरो गएको हो। झण्डै २० मिटर सडकमा पहिरो आएकाले यातायात ठप्प छन्। दैनिक रुपमा बिरामी ओसारपसार गर्ने एम्बुलेन्स समेत सडकमै रोकिएका छन्।

बाढीले डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ।

आँबुखैरेनीमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनीस्थित ऐन पहरा नजिकै पहिरो जाँदा चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धीप्रसाद भुषालका अनुसार आज बिहान साढे ६ बजेदेखि लगातार पहिरो खसिरहेको छ।

ठेक्काको सयम बितेपछि हुलाकी राजमार्गको भौतिक संरचना खाली

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक निर्माण गर्न तोकिएको ठेक्काको सयम बितेपछि स्थानीयहरुले सडकमा पर्ने भौतिक संचरना खाली गरेका छन्। हुलाकी सडक खण्ड अन्तर्गत कलैया बजार क्षेत्रको साढे तीन किलोमिटर लामो सडकमा पर्ने भौतिक संरचनालाई स्थानीयहरुले ढिलो गरि खाली गर्दा सडक नै बन्नमा अन्योल भएको छ ।

मदन भण्डारी राजमार्गको निर्माण सुरु, ७५ प्रतिशत काम सम्पन्न

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीका कारण चैत १० गतेदेखि रोकिएको निर्माणाधिन मदनभण्डारी राजमार्गको काम सुरु भएको छ । राष्ट्रिय गौरबको आयोजना धरान—चतरा—सिन्धुली—हेटौँडा सडकको निर्माण कार्य उच्च सतर्कता अपनाएर सुरु भएको आयोजनाले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्