२१ आश्विन २०८१ सोमबार
image/svg+xml

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि ट्र्याक्टर सडकबाट पाँच मिटर तल खसेकाे थियाे।

राप्ती राजमार्ग जीर्ण, दुर्घटना बढ्दो

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गको सल्यान खण्डमा मात्रै चालु आर्थिक वर्षको साउनयता ३३ वटा सवारीसाधन दुर्घटना भएका छन्। सल्यान–दाङको सीमादेखि सल्यान–रुकुमको सीमानम्म भएका सवारी दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए।

दुर्घटनामा दिदीभाइकै मृत्यु भएपछि रत्नराजमार्ग अवरुद्ध

नेपाली सेनामा जागिर खाएको तीन वर्षपछि भेरीगंगा नगरपालिका–१२, छिन्चुका रवीन रानामगर दिदीको हातबाट भाइटीका लगाउन गत बिहीबार विहान लक्ष्मीपूजाको दिन रुकुम पश्चिमबाट घर पुगेका थिए। विहानको खाजा–खाना खाएपछि रवीन दिदीलाई स्कुटीमा राखेर भाइटीकाको किनमेलका लागि सदरमुकाम वीरेन्द्रनगरतर्फ लागे।

अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्याे

उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान साढे १० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

कोशी राजमार्गमा एकतर्फी यातायात सुचारु

लेउती खोलाको बाढीले हिजो करिब डेढ सय मिटर कोशी राजमार्ग कटान गरेको थियो। राजमार्ग कटान गरेपछि सयौं सवारीसाधन र यात्रुहरु वारी र पारी अलपत्र परेका थिए।

पहिरोले दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

पहिरो पन्छाउने काम भइरहेपछि लगातार पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो। सुर्खेतबाट गएका र जुम्ला, मुगुबाट आएका सवारी साधनहरु राजमार्गमा अलपत्र परेका छन्।

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

पहिरोले घर पुर्दा एकको मृत्यु

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठका अनुसार कालिकोटको महावै गाउँपालिका–७ राम्रीकी १८ वर्षीया स्मृति अधिकारीको पहिरोले घर पुरिँदा मृत्यु भएको हो।

सम्शेरगन्जमा राजमार्ग अवरुद्ध

आक्रोशित स्थानीयले मंगलबार (आज) बिहान साढे ११ बजेतिरबाट पुनः जिरो चोकमा राजमार्ग अवरुद्ध गरेको स्थानीय भिम खड्काले बताए। प्रहरीले बस र कंचनपुरका चालक निरज बहादुर लोहारलाई नियन्त्रणमा लिइसकेको जनाएको छ।

पृथ्वीराजमार्ग तनहुँ खण्डः खाल्डाखुल्डीले दुर्घटनाको जोखिम

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौ लगानी भएपनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

तीब्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको खुल्न आएको जनाइएको छ। घटना सम्बन्धमा थपः अनुसन्धान भइरहेको जनाइएको छ।

चाडवाड नजिकिएसँगै गैरकानुनी गतिविधि बढ्दो

राजमार्गमा गुड्ने सबैखाले सवारी साधनको कागजात, यान्त्रिक अवस्था, यात्रु संख्या, भाडादर, ओभर लोड, गाडीको गतिलगायतको विशेष निगरानी गरिँदैछ।

मेची राजमार्गको बाइपास बनाउन समस्या

भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर निर्माण गरिएको राजमार्ग गत १६ गते बिहान वर्षा नै नभएका बेला झरेको थियो। पहिरो झरेर राजमार्गको चौडाइको करिब ८० प्रतिशत भाग झरेको छ। बाँकी भाग पनि चिरैचिरा परेको छ। पहिरो गएयता यहाँबाट सवारी साधन चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ।

पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ। इलाम बजारनजिकैको धोबिधारादेखि कुलधाराबीचमा पर्ने नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयछेउको खोल्सीमा राजमार्ग नै धस्सिएर झरेको हो।

पृथ्वी राजमार्ग मर्मतमा करोडौँ खर्च, सडकको अवस्था उस्तै

पृथ्वी राजमार्गको कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमासानाठूला खाल्डा धेरै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्