२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोले दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण २ दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजर्मागको दैलेख खण्डअन्र्तगत घट्टे खोला र खिड्किज्यूला र कालिकोटको जितेगडामा पहिरोका राजमार्ग अवरुद्ध भएको हो।

पहिरो पन्छाउने काम भइरहेपछि लगातार पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो। सुर्खेतबाट गएका र जुम्ला, मुगुबाट आएका सवारी साधनहरु राजमार्गमा अलपत्र परेका छन्। पहिरो पन्छाउने काम भइरहेपछि पहिरो नरोकिएका कारण राजमार्ग अवरुद्ध भएको दैलेखका प्रहरी प्रमुख(डिएसपी) अनुपम श्रेष्ठले बताए। दुई दिनदेखि नाग्म –मुगु जाने सडक र सुर्खेत –दैलेख जाने सडक खण्ड पनि पहिरो अवरुद्ध भएको छ।

नाग्म –मुगु सडक खण्डअन्तर्गत जुम्लाको हिमा गाउँपालिका –१ बड्कीमा पहिरो गएको छ भने सुर्खेत–दैलेख सडक खण्ड अन्र्तगत गुरासँ गाउँपालिकाअन्तर्गत जिरो पोइन्टमा पहिरो गएको छ।

पहिरो गएको सवै ठाउँमा डोजर लगाएर सडक खुलाउने प्रयास भइरहेको छ।

प्रकाशित: ३ कार्तिक २०७८ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App