१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको खडक नगरपालिका–६ वीरपुरमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नं को ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा ९३ प ३५९ नंको मोटरसाइकललाई ठक्कर दिएपछि ट्र्याक्टर सडकबाट पाँच मिटर तल खसेकाे थियाे। 

सोही ट्र्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया श्रीमती काशी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइए पनि उपचारकै क्रममा उनको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

दुर्घटनामा ट्र्याक्टरमा सवार सोही ठाउँका उपेन्द्र यादवकी श्रीमती ६५ वर्षीया प्रमिला यादव, २३ वर्षीया छोरा श्याम यादव, गोलबजार नगरपालिका–३ चौहर्वाका नागेन्द्र यादवको १० वर्षीय छोरा पप्पु यादव घाइते भएका छन्।

यस्तै  वडा नं ४ का वकिलदेव यादवकी ३२ वर्षीया श्रीमती सङ्गीया यादव, देवेन्द्र यादवकी ४३ वर्षीय श्रीमती सुशीला यादव र प्रदीप यादवकी ४ वर्षीया छोरी सिद्धान्त यादव घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।

यसैगरी, मोटरसाइकलमा सवार झापाको हल्दिबारी गाउँपालिका–५ कञ्चनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुलीसमेत घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि रायुपुरस्थित युनिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गकै सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा बिग्रिएर राखेको बसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कविलासका अन्दाजी २८ वर्षीय भूपेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ना ५ ख ८०१० नम्बरको यात्रुवाहक बस बिग्रिएर राखेको अवस्थामा प्रदेश २–०१–००१ प२९७१ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना भएको थियो। रासस

प्रकाशित: ३ मंसिर २०७८ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App