कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा कांग्रेस सहभागी नहुने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनैपनि हालतमा अहिले सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो । प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कलबाजीका बीच कांग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागि नहुने प्रष्ट पारेको हो ।