१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कांग्रेससँग नजिकिदै समाजवादी

सरकारबाट बाहिरिएपछि समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नजिकिएको छ। कांग्रेसँसग मोर्चाबन्दी र सहकार्य गर्न उसले प्रस्तावसमेत गरेको छ। राष्ट्रियसभा तथा सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न समाजवादीका नेताहरूले प्रस्ताव राखेका हुन्।

र्‍याफ्टिङ, बञ्जी, क्यान्याेनिङ र खानामा छुट गर्दै व्यवसायी

स्थानीय नदीमा हुर्केका र चिसो पानीमा पालिएका माछाका परिकारको स्वाद लिँदै र्‍याफ्टिङ, बञ्जीजम्प, क्यान्याेनिङलगायत साहसिक खेलको आनन्द लिन चाहानुहुन्छ? यदि, चाहानुहुन्छ भने भारी छुटमा यी सबैको एकमुष्ट स्वाद लिने अवसर छ।

नेपाल टेलिकम डडेल्धुराले निःशुल्क बाँड्यो फोर जी सिम

दुरसंचार कार्यालय नेपाल टेलीकम डडेल्धुराले निःशुल्क फोर जी सिम वितरण गरेको छ। टेलिकमले शनिबार सात सय ६४ सिम कार्ड निःशुल्क बाँडेको कार्यालय प्रमुख प्रकाशराज भट्टले बताए। डडेल्धुरा सदरमुकाम क्षेत्र बागबजार, खलङ्गा, तुफानडाडा, किर्तीपुरलगायत पोखरा, भात्कांडा, भित्रिमधेशको सादनी, गोदाममा नेपाल टेलिकमको फोर जी सेवा सुचारु गरेपछि ग्राहकलाई निःशुल्क रुपमा सिम वितरण गरेको हो।

‘सुन्दर नेपाल खुसी नेपाली’ प्रदर्शनी सुरू

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ‘सुन्दर नेपाल खुसी नेपाली’ फोटो प्रतियोगितामा उत्कृष्ट भएका मिथुन कुँवरलाई ४० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो। त्यस्तै प्रतियोगितामा दोस्रो हुने प्रवीण श्रेष्ठ र तेस्रो हुने दयासागर केसीलाई क्रमशः २५ र १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो।

कांग्रेस असन्तुष्ट पक्षको माग ‘निर्णय सच्याऊ’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले आफूहरूको सहभागिताबिना गरेको निर्णय मान्य नहुने बताएका छन्। आफूहरूबिना पार्टी केन्द्रीय समितिको शुक्रबारको बैठकबाट गरिएको निर्णय सच्याउन सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई उनीहरूले आग्रह गरेका छन्।

नेपाल ट्रस्टमा सरकारद्वारा नीतिगत भ्रष्टाचार : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल ट्रष्टअन्तर्गतको गोकर्ण रिसोर्टको बहुमूल्य जग्गा बिनाप्रतिस्पर्धा निश्चित समूहलाई दिएर सरकारले नीतिगत भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ।

उद्योग व्यवसाय बैँकको इन्जिन हो : गभर्नर नेपाल

नेपाल राष्ट्र बैँकका गर्भनर चिरञ्जिवी नेपालले उद्योग व्यवसाय बैँकको इन्जिन भएको बताएका छन्।

गोकर्ण फरेस्ट रिसोर्टको लिजबारे नेपाल ट्रष्टले मुख खोल्यो

नेपाल ट्रष्टले कानुन अनुसार नै गोकर्ण फरेस्ट रिसोर्टको लिज सम्झौता अवधि थप गरेको स्पष्ट पारेको छ। ट्रष्टले शुक्रबार पत्रकार सम्मेलन गरी पुरानो सम्झौता कायमै रहँदा नयाँ सम्झौता गर्न सकिने कानूनी व्यवस्थाका आधारमा यति समूहलाई थप २५ वर्षका लागि भाडामा दिने निर्णय गरेको स्पष्ट पारेको हो।

पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने

नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ।

अब असन्तुष्टलाई नकुर्ने रणनीतिमा संस्थापन

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास अझै सफल हुन सकेको छैन। आन्तरिक विवाद समाधान गर्ने प्रयास विफल भएपछि संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ।

नेपाली तारा टप १४ बाट बाहिरिदा रोएँ

‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकीलुकी’, ‘कर्के नजर’जस्ता लोकप्रिय गीतमा आवाज भरेकी गायिका टीका प्रसाईंसँग भोला अधिकारीले गरेको क्याजुअल कुराकानीः

निगमको जहाज एसबिएस एयरक्राफ्टले किन्दै

नेपाल वायुसेवा निगमको वोइङ ७५७–२०० एयरक्राफ्ट विमान तेस्रोपटकको प्रयासमा एसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले किन्ने भएको छ।

गुट–उपगुटले ग्रस्त कांग्रेस

१४औं महाधिवेशनलाई केन्द्रमा राखेर प्रभावशाली सबै नेताहरु आफ्नो स्वार्थ समूह बनाउन सक्रिय हुँदा उपगुटहरुको महासंघ जस्तो बन्न पुगेको छ कांग्रेस।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्