२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारले तयार गर्‍यो नयाँ प्रविधि भित्र्याउने योजना

विश्वमा चलेको चौथो औद्योगिक क्रान्तीसँगसँगै मुलुकलाई अगाडी बढाउन सरकारले नयाँ योजना तयार गरिरहेको उद्योग, वाणिज्य तथा आपूती सचिव चन्द्रकुमार घिमिरेले बताए । मुलुकमा तीव्रगतिमा औद्योगिक विकास गर्न नयाँ प्रविधि भित्रयाउन के के गर्न सकिन्छ भनेर विभिन्न मन्त्रालय मिलेर त्यस्तो योजना बनाएको उनले बताए।

खुला सरकारी तथ्यांकको अवधारणा

विश्वव्यापीस्तरमै खुला सरकारी तथ्याङ्कको अवधारणालाई नयाँ मानिन्छ। यो सुशासन र पारदर्शिता अभिवृद्धि गर्न मद्दत पु-याउने एउटा सशक्त माध्यम हो। प्रविधि र इन्टरनेटको विकाससँगै सरकार र त्यसका कार्य नागरिकको तहमा सहजै पुग्नुपर्ने मान्यता विकसित भइरहेको छ।

तीनै सरकारबाट सहकारी नियमन

सहकारी संस्था नियमन गर्ने अधिकार तीनै तहका सरकारले पाएका छन् । सहकारी संस्थाको कार्यक्षेत्रका आधारमा स्थानीय, प्रदेश र संघीय सरकारलाई नियमनको अधिकार दिइएको हो।

‘स्थानीय सरकारलाई गाडी त के रिक्साको सुविधा पनि दिन सकिँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सरकारलाई गाडीको सुविधा दिन नसकिने स्पष्ट पारेका छन्। ओलीले एउटा सरकार चलाइरहेको अवस्थामा देशमा संघीयता आएपछि ७६१ वटा स्थानीय सरकार चलाउनुपरेकाले स्थानीय सरकारलाई गाडी त के रिक्साको सुविधा पनि दिनसक्ने अवस्थामा केन्द्रीय सरकार नरहेको बताए।

‘हिन्दूको विदा काट्ने सरकारले क्रिश्चियनको नकाट्नु अचम्म’

नेपाल विश्व हिन्दू महासंघले सरकारी विदा कटौतीको निर्णय फिर्ता लिन माग गरेको छ। रिपोर्टर्स क्लबमा आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले सनातनी हिन्दू विदाहरु कटौती गरेको भन्दै सरकारलाई विदा कायम राख्न सुझाव दिएको छ।

सरकारमा जान फोरमलाई अन्योल

लिखित सहमति गरेर सरकारमा जाने सर्त राखेका  फोरमका नेताहरू सरकारले लिखित सहमति गर्न हिच्किचाएपछि  अप्ठेरोमा परेका छन्।

भारतसँग गल्यो सरकार ? विरोधका बीच पुल सञ्चालनको अनुमति

दार्चुलाको उत्तरी ब्यांस गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा विगतदेखि नै सधै अनेक समस्याहरु उत्पन्न हुँदै आएका छन्। सीमा समस्याको विकराल रुप कालापानी र लिपुलेक सीमा अतिक्रमणसम्म भएको यस क्षेत्रमा हमेशा भारतीय पक्षको दबदबा रहँदै आएको गुनासोहरु सुनिने गरेका छन्।

धुर्मुस सुन्तलीलाई ओलीले भने : तपाईहरू काम सुरु गर्नुहोस, सरकार सकारात्मक छ

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका धुर्मुस सुन्तलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रबार साँझ साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच झण्डै एक घण्टा कुराकानी भएको थियो। कुराकानीका क्रममा धुर्मुस सुन्तलीले कुनैपनि हालतमा अन्तर्राष्ट्रिय रंगशाला बन्नुपर्ने र यो सरकारकै अगुवाईमा बन्नुपर्ने बताएका थिए।

सरकारले जारी गर्‍याे श्वेतपत्र, राजस्वले चालु खर्च धान्न सक्ने स्थिति छैन

अर्थ मन्त्रालयले स्वेतपत्र जारी गरेको छ। हालको मुलुकको अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउन मन्त्रालयले स्वेतपत्र जारी गरेको हो। श्वेतपत्रमा नेपालको अर्थतन्त्रमा दीर्घकालफन संरचनात्मक सम्स्या र कमजोरी रहेको बताइएको छ। अयको ९० प्रतिशभन्दा बढी अंश उपभोगमा नै खर्च हुन गई बचत न्यून हुने गरेको उल्लेख छ। आर्थिक, समाजिक, भौतिक पूर्वाधारका सबैजसो उत्पादनका साधान आयात हुने भएकोले उत्पादन लागत र व्यापार घाटा बढ्दै गएको बताइएको छ।

अव्यवस्थित स्थानीय सरकार

रोल्पाको दुर्गम सुनछहरी गाउँपालिका ३ बाहिरी गामका स्थानीयहरु वडा अध्यक्ष मोटबहादुर घर्ती कार्यालयमा नआउने गरेका कारण समस्यामा परेका छन्। सदरमुकामबाट २८ कोष टाढाको यो गाउँमा न वडा कार्यालय संचालन गरिएको छ न त अध्यक्ष भेटिन्छन्। ‘

प्रदेश सरकारले विश्वविद्यालय खोल्ने

कर्णाली प्रदेश सरकारले आफैं विश्वविद्यालय सञ्चालन गर्ने भएको छ। प्रदेशको आवश्यकतामा आधारित रहेर प्रदेश सरकार मातहत रहने गरेर विश्वविद्यालय सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले तयार गरेको ‘कर्णाली प्रदेश शिक्षा ऐन–२०७४’ मा विश्वविद्यालय स्थापना गर्ने उल्लेख छ।

‘सरकारलाई ‘फु’ गरेर ढलाउने ताकत अझै पनि कांग्रेससँग छ’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले अहिलेको वर्तमान सरकारले जथाभावी काम गरे कांग्रेसले सरकारलाई फु गरेर ढलाउने बताएका छन्।

पञ्चकन्या ग्रुप र सरकारी प्रतिनिधिबीच छलफल

पञ्चकन्या ग्रुपले आफ्नो कम्पनीद्वारा उत्पादित विभिन्न सामग्रीको विषयमा सरकारी निकायका प्रतिनिधिसँग छलफल गरेको छ । पञ्चकन्याले राजधानीमा एक कार्यक्रम आयोजना गरी आफ्ना उत्पादन र विभिन्न योजनाको विषयमा प्रस्तुति राखेको थियो।

युवाहरूको विदेश पलायन रोक्न सरकारले रोजगारीको सिर्जना गर्छः मन्त्री मगर

खानेपानीमन्त्री विना मगरले वर्तमान सरकारले जनताले आफूप्रति राखेका आशा र अपेक्षा पूरा गर्ने बताएकी छन्। मौलापुर नगरपालिकालाई रौतहटको पहिलो खुला दिसामुक्त नगरपालिका घोषणा गर्न पुगेकी मन्त्री मगरले समतामुलक तथा समृद्ध नेपाल निर्माण गर्ने अपेक्षासहित जनताले वाम गठबन्धनलाई झन्डै दुई तिहाइ मत दिएको र त्यो आशा मर्न नदिने बताइन्।

सरकार शासक होइन संयोजनकारी निकाय हो : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभई संयोजनकारी निकाय भएको बताएका छन्। वाग्मती सफाइ अभियानका अभियन्तासँग बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तक्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनको पालक भएको बताए। ‘सरकार हस्तक्षेपकारी होइन कानूनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो’, उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्