७ आश्विन २०८१ सोमबार
image/svg+xml

डलर तस्करीमा प्रहरीदेखि भिक्षुणीसम्म

गेरु वस्त्र लगाएकी भिक्षुणी र सेतो वस्त्रमा रहेका उनका तीन चेली शुक्रबार त्रिभुवन विमानस्थलको यात्रु जाँचस्थल आइपुगे। धार्मिक यात्रामा नेपाल आएका उनीहरु थाइल्यान्ड फर्कंदै थिए। प्रहरीले अन्य यात्रुलाई झैं चारै जनामाथि सामान्य जाँच सुरु गर्‍यो।

मुद्रा तस्करीको अभियोगमा समातिइन् थाई भिक्षुणी

अबैधरुपमा विदेशी मुद्रा थाइल्याण्ड लैजान खोज्ने एक भिक्षुणी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। २ लाख ८६ हजार डलर, २ लाख ७३ हजार भारतीय रुपैयाँ र ४६ हजार ८ सय भाट सहित थाइल्याण्ड जान त्रिभुवन विमानस्थल पुगेका उनीहरुलाई विमानस्थल सुरक्षा गार्ड प्रहरीले पक्राउ गरेको हो।

काठ तस्करीमा संलग्न भएको आरोपमा दुई प्रहरी निलम्बित

अवैधरुपमा काठ तस्करीको आरोपमा पक्राउ परेका दुई प्रहरीसहित चार जनालाई सेक्टर वन कार्यालयले वन पैदावर ओसारपसार अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ।

पत्रकार महासंघको नाममा तस्करी गर्न खोजिएको काठ सहित ट्याक्टर नियन्त्रण

नेपाल पत्रकार महासंघ बाराको भवन बनाउने नाममा जिल्ला वन कार्यालयबाट निकासा गराई बिक्रीका लागि लैजादै गरेको काठ सहितको ट्रेक्टर प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ।

काठ तस्करीमा संलग्न २ प्रहरीसहित ४ पक्राउ

अवैधरुपमा चिरान गरिएको काठ तस्करीमा सघाउ पुर्याएको आरोपमा २ प्रहरीसहित ४ जना पक्राउ परेका छन् ।  धरान २० स्थित विष्णुपादुकाको प्रस्तावित भवानीथान सामुदायिक वन क्षेत्रबाट अवैध काठ धरान बजार ल्याउँदै गर्दा आइतबार मध्यराती ढुवानीको साधनसहित स्थानीयले पक्राउ गरेर वन कार्यालयको जिम्मा लगाइदिएका हुन् ।

केरुङबाट नेपालतर्फ मौलायो सुन तस्करी

६ केजी सुन सहित रसुवा टिमुरे–५ का २५ वर्षीय कुङजाङ तामाङ रसुवागढीबाट पक्राउ परे । शरीरमा सुनका पाता बाँधेर आइतबार चीनको केरुङबाट नेपालतर्फ आउँदै गरेका तामाङलाई सीमा नाका रसुवागढीबाट सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

गृहमन्त्रीद्वारा सुन तस्करी रोक्न नयाँ प्रहरी प्रमुखलाई निर्देशन

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरी, सशस्त्र प्रहरीका नयाँ प्रमुखहरुलाई गृहमन्त्रालयमा बोलाएर निर्देशन दिएका छन्। अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग सम्झौता नगरी दृढतापूर्बक काम गर्न सुरक्षा उनले निर्देशन दिए।

सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता छ: महासेठ

नेकपा एमालेका नेता रघुवीर महासेठले सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन्। शनिबार रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा उनले सुन तस्तरीका गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको आरोप लगाएका हुन्। ‘

रौतहटका नाकामा फस्टायो तस्करी, भारतीय सुरक्षा संयन्त्र निष्प्रभावी

रौतहटको विभिन्न नाकाबाट भारतीय सामानको तस्करी बढेको छ। भारतको सीमासित नाका जोडिएका विभिन्न गाउँ भएर पनि भारतीय सामान भन्सार छली ल्याउने क्रम बढेको पाइएको छ।

सुन तस्करीको जालो

‘सिरियल किलर’ को परिचय पाएका कुख्यात चाल्र्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाव्यवस्थामाथि चुनौती दिँदै कुनै बेला ‘म यहाँबाट हात्ती छिराएर लैजान सक्छु’ भनेका थिए ।

मिलेमतोमा काठ तस्करी

जिल्ला वन कार्यालयकै कर्मचारीको मिलेमतोमा वन फँडानी तथा काठ तस्करी भएको पाइएको छ । गादी गाविसको रंगपुरबाट ३० वटा गोलाइ काठ बरामद भएपछि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको नेतृत्वमा सोमबार स्थलगत निरीक्षणमा पुगेको संयुक्त टोलीले यस्तो खुलासा गरेको हो ।

सुन तस्करीका नाइके पक्रन गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले शुक्रबार सुरक्षा निकायका प्रमुखलाई सुन तस्करीको जरैसम्म पुगेर अनुसन्धान तथा कारवाही गर्न निर्देशन दिएका छन । गृहमन्त्री निधीले शुक्रबार गृह सचिव , प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका एआईजी र सिआईबी प्रमुखलाई बोलाएर सुन तस्करीका नाईके पक्राउ गर्न निर्देशन दिएका हुन्।

सीमाक्षेत्रबाट काठ तस्करीको बिगबिगी

भारतीय सीमा क्षेत्रबाट तस्करी गरेर ल्याएको ठूलो परिमाणको सालको काठ बुधबार बिहान नेपालगन्ज–२७ गंगापुरैयामा प्रहरीले फेला पार्यो। काठ तस्करी गरेर लुकाई राखेको भन्ने सूचना पाएपछि बिहान ३ बजेतिर पुगेको वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले स्थानीय बृजलाल लोनियाको घरमा छापा मार्यो र ९३ थान सालको चिरान कडी, ३ थान गोलिया बरामद गर्यो।

भारतबाट गोरुको तस्करी, ८ ट्रक गोरु नियन्त्रणमा

पूर्व–पश्चिम राजमार्गको खरेन्द्रपुरमा सोमबार राति प्रहरीले १ सय ७१ वटा गोरु नियन्त्रणमा लिएको छ। इलाका प्रशासन कार्यालयको अगुवाइमा रहेको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राति १० बजेततिर आठवटा ट्रकमा लोड गरिएका गोरु नियन्त्रणमा लिएको हो।

वनका कर्मचारीको मिलेमतोमा काठ तस्करी

राष्ट्रिय वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय कै कर्मचारीको मिलोमतोमा भारी मात्रामा जंगल फडानी र काठको तस्करी भइरहेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्