७ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपालबाट भारततर्फ डिजेल–पेट्राेल तस्करी

नेपालभन्दा भारतमा डिजेल र पेट्रोल महँगो भएपछि ग्रामीण नाकाहरुबाट पेट्रोलियम पदार्थ सीमावर्ती भारतीय गाउँहरुमा तस्करी हुने गरेको भेटिएको छ।

भारतमा काम लगाइदिने भन्दै मिर्गौला तस्करीमा संलग्न तीन पक्राउ (भिडियाे)

मानव अंग मिर्गाैला तस्करीमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा काठमाडौंको बौद्ध नयाँबस्ती बस्दै आएका महादेवस्थान–७ काभ्रेपलाञ्चोकका ४४ वर्षीय बिुनबहादुर तिमल्सिना, भक्तपुर कमल विनायक बस्दै आएका भिमेश्वर–५ दोलखाका ४७ वर्षीय प्रकाश बस्नेत र पोखरा बस्दै आएका दाङसिङ–५ कास्कीका ३६ वर्षीय भिमप्रसाद न्यौपाने रहेका छन्।

वीरगन्ज नाकामा तस्करी: एक पटक प्रज्ञापन, अनेक पटक पैठारी

वीरगन्ज भन्सारबाट निस्किएको ट्रक तस्करीमा संलग्न अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। ‘एक पटक प्रज्ञापनपत्र भरेर समान ल्याउने र भन्सारका केही कर्मचारीलाई मिलाएर सोही प्रज्ञापनमा अनेक पटक सामान भित्र्उने धन्दामा प्रयोग गरिएको प्रमाण सहित ट्रक फेला परेको छ,’ पर्साका प्रहरी उपरीक्षक गोबिन्द कुमार साहले भने, ‘२ वटा ट्रक नियन्त्रणमा लिएकोमध्ये प्रज्ञापनमा उल्लेखितभन्दा बढी र फरक किसिमका सामानहरु एउटाबाट करिब १२ लाख बराबरको बरामद भएको छ, अर्कोको चेक जाँच गरिदैछ।’

काठ तस्करी बढ्दै, अवैध चिरान काठ बरामद

अवैध रुपमा सालका चिरान काठ यहाँबाट एकै रात दुई ठाउँबाट पक्राउ परेको छ। जिल्लाको दक्षिणी गाविस हडियाबाट सालका चिरान काठ बोकेको ट्याक्टर सोमबार बिहान पक्राउ परेको छ।

मानव तस्करी पाँचवर्ष यताकै उच्च

पछिल्लो वर्ष मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दो क्रममा रहेको देखिएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार आ.व २०७२-०७३ मा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी २ सय १२ उजुरी दर्ता भए ।

दुर्लभ वन्यजन्तु सालक तस्करी गरी भारत पुर्‍याउने गिरोह सक्रिय

मध्यपश्चिम र सुदुरपश्चिमका पहाडी जिल्लाबाट दुर्लभ तथा संरक्षिण वन्यजन्तु सालक तस्करी हुने गरेको पाइएको छ। सालकका विभिन्न अंग तस्करी गरेर भारत पुर्‍याउने एक गिरोह पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो।

महिनैपिच्छे वनबाट तस्करीको काठसहित ट्रक बरामत

पूर्व–पश्चिम महेन्द्र राजमार्गभन्दा ५० मिटरभित्र धनसार पुल नजिकैको वनबाट तस्करी गरीएको काठहरु लोड गरी बाहिर लैजादै गरेको अवस्थामा बिहीबार राती नम्बर प्लेट नखुलेको ट्रकलाई वन कार्यालयले नियन्त्रणमा लाएको छ।

श्रीलंकाली राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालले भने- 'नेपाली महिला तस्करी रोकिदिनुस्'

प्रधानमन्त्री पुष्पकमल दाहालले श्रीलंकालाई ट्रान्जिट बनाएर नेपाली महिलाको खाडीतर्फ हुँदै आएको ओसारपसार रोकिदिन श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनासमक्ष आग्रह गरेका छन्। भारतको गोवामा जारी ब्रिक्सको आउटरिच सम्मेलनमा भाग लिइरहेका प्रधानमन्त्री दाहालले उठाएको विषयलाई सिरसेनाले चासोसाथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भन्सार नहुँदा तस्करी बढदै

द्वन्द्वकालमा विस्थापित छोटी भन्सार कार्यालय स्थापना नहुँदा तस्करी मौलाइरहेको छ। छोटी भन्सार नहुँदा पहाडी जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा दैनिक उपभोग्य वस्तु लगायत सुर्तीजन्य पदार्थ अवैध रुपमा चोरी निकासी भइरहेको छ। खुला सीमाका कारण अवैध र प्रतिबन्ध लगाइएका धेरै वस्तु निर्वाध रुपमा नेपाल भित्रिरहेका छन्।

‘नाका नखुल्दा’ मौलाउँदै तस्करी

कहिले वन्यजन्तुका अंग र कहिले हतियार तथा लागूऔषधसहित मानिस पक्राउ पर्ने गरेको जिल्लाको पूर्वी भारतीय सीमाबाट चोरी–तस्करी अत्यधिक भइरहेको छ। केही सातायता प्रहरीले दिनहुँजसो सीमावर्ती क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको सामग्री बरामद गरिरहेको छ।

नेपाल-अमेरिका मानव तस्करीका तीन रुट

मानव तस्करको अन्तर्राष्ट्रिय गिरोहले फ्रान्स र जापान जस्ता अध्यागमन प्रहरी र कानुन कडा भएका देशबाटै तस्करी गरिरहेको खुलेको छ । तेस्रो रुटमा रुपमा उनीहरुले सिंगापुरको प्रयोग गरिरहेका थिए ।

सुपारीजस्तै सेटिङमा अदुवा तस्करी

मंगलबारयता पूर्वी नाका काँकडभिट्टाबाट भारतले नेपालको अदुवा निकासीमा रोक लगाएपछि व्यापारी र किसान चिन्तित बनेका छन्। तर, धरानका अदुवा निर्यातकर्ता (व्यापारी) नन्दकिशोर शाहलाई भने यो नौलो कुरा लागेन।

लागुऔषध तस्करीमा संघई घराना

व्यावसायिक घराना संघई समूह औषधि उत्पादनका लागि आवश्यक कच्चा पर्दाथको अवैध तस्करीमा संलग्न रहेको प्रमाण फेला परेको छ। प्रहरीले प्रमाणसहित उक्त समूहका प्रमुख रतनलाल संघईलाई शनिबार काठमाडौबाट पक्रेको हो।

बालबालिका तस्करी अभियोगमा पक्राउ श्रेष्ठलाई ७ दिन थुन्न आदेश

काठमाडौं— नौ जना बालबालिकालाई अमेरिका पुर्‍याएर छोड्ने पुतलीसडकस्थित सारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। शनिबार पक्राउ परेकी श्रेष्ठलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धानका लागि ७ दिन थुन्न अदालतले अनुमति दिएको हो।

बालबालिका तस्करी गरेकाे अभियाेगमा रजनी श्रेष्ठ पक्राउ

काठमाडौं— सांस्कृतिक आदानप्रदानका नाममा नेपाली बालबालिका अमेरिका तस्करी गरेको आरोपमा पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई शनिबार प्रहरीले हिरासतमा राखेर कारवाही थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्