१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
दीपक खरेल
डेढ दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय दीपक खरेल नागरिक दैनिकको अपराध बिटमा कार्यरत छन्। सुरक्षा रिपोर्टिङमा दक्खल राख्ने उनी अनुसन्धानमूलक पत्रकारितामा रुचि राख्छन्।

दीपक खरेलका लेखहरु :

प्रधानमन्त्री पुत्र दाहालसँग इटालियन राइफल

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालले बिहीबारदेखि २२ बोर राईफल बोक्ने आधिकारिक अनुमति पाएका छन्।

'निर्देशन पाए काठमाडौं २४ घण्टै खोल्छु'

काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरिक्षक छबिलाल जोशीले सरकारले आवश्यक पूर्वाधार बनाएर निर्देशन दिए काठमाडौंका निश्चित क्षेत्र २४ घण्टा खुला गर्न प्रहरी तयार रहेको बताएका छन्।

चिनियाँसहित पाँच जनालाई संगठित अपराधमा म्याद थप

सुन र अवैध विदेशी मुद्रासहित शनिबार पक्राउ परेका तीन चिनियाँ नागरिक र दुई नेपालीलाई संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थपेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंलाई संगठित अपराधमा अनुसन्धानका लागि सात दिन हिरासत म्याद थप भएको छ ।

१५ किलो सुनसहित एक जना पक्राउ

१५ किलो सुनसहित एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत्त बालाजुले १५ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो। ना १ झ ४९६४ नम्बरको टाटा सुमो गाडीमा रसुवाबाट लकाइ छिपाइ ल्याएको १५ किलो सुनसहित भक्तपुरका गाडी चालक रविन्द्र भुजेल पक्राउ परेका हुन्।

जरायोको ३ थान सिङसहित दुई टर्किस पक्राउ

दुई टर्किका नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। नेपालबाट अवैध रुपमा दुर्लभ जरायोको सिंह तस्करी गर्दै रहेको अवस्थामा दुबैजना पक्राउ परेका हुन्।

साइकलधरि छैन नेपाल प्रहरीकाे १३ सय युनिटसँग

अपराध नियन्त्रणसँगै शान्तिसुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको प्रहरीले आफ्नो सेवा उत्तिकै चुस्तदुरुस्त पार्नुपर्छ । कहीँकतै अपराध भइहाले तत्काल पहुँच पु¥याउन विभिन्न स्थानमा छुट्टाछुट्टै प्रहरी एकाइ खडा गरिएका छन्।

बालबालिका तस्करी अभियोगमा पक्राउ श्रेष्ठलाई ७ दिन थुन्न आदेश

काठमाडौं— नौ जना बालबालिकालाई अमेरिका पुर्‍याएर छोड्ने पुतलीसडकस्थित सारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। शनिबार पक्राउ परेकी श्रेष्ठलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धानका लागि ७ दिन थुन्न अदालतले अनुमति दिएको हो।

बालबालिका तस्करी गरेकाे अभियाेगमा रजनी श्रेष्ठ पक्राउ

काठमाडौं— सांस्कृतिक आदानप्रदानका नाममा नेपाली बालबालिका अमेरिका तस्करी गरेको आरोपमा पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई शनिबार प्रहरीले हिरासतमा राखेर कारवाही थालेको छ।

अमेरिका, क्यानडा पठाइदिन्छु भन्दै ठग्ने ज्योतिष पक्राउ

काठमाडौं—युवालाई अमेरिका, क्यानडा लगायतका मुलुक पठाइदिन्छु भनी ठगी गर्ने एकजना विद्यावारिधि डिग्रीधारी ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा डाक्टर पुण्यप्रसाद दंगाललाई थानकोटबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्