१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
दीपक खरेल
डेढ दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय दीपक खरेल नागरिक दैनिकको अपराध बिटमा कार्यरत छन्। सुरक्षा रिपोर्टिङमा दक्खल राख्ने उनी अनुसन्धानमूलक पत्रकारितामा रुचि राख्छन्।

दीपक खरेलका लेखहरु :

किन होला दिदीबहिनीहरू नहुनेलाई लाग्दैन तिहार तिहारझैं!

सहरमा पुज्न थालेपछि फोटोको गाई लाग्दैन तिहार तिहारझैं, किन होला दिदीबहिनीहरू नहुनेलाई लाग्दैन तिहार तिहारझैं!

बिपी-नेहरू खटपटको परिणाम ‘पुस १’

२००७ सालदेखि जनक्रान्तिबाट प्राप्त प्रजातन्त्र तथा २०१५ सालको प्रथम निर्वाचनबाट निर्वाचित संसद् र सरकारलाई राजा महेन्द्रले २०१७ पुस १ मा सैनिक ‘कू’ द्वारा प्रजातन्त्र, संसद् तथा सरकारको एकैपल्ट हत्या गरे।

बिपीको तराई दृष्टिकोण

बिपी कोइरालाले तराईका उपेक्षित जनताको सवालमा संविधान सुधार आयोगलाई दिएका सुझाव ऐतिहासिक छ। तर तिनै बिपीका अनुयायी नेपाली कांग्रेसका नेताहरूको ध्यान भने तराईवासी जनताप्रति नजानु विडम्बनापूर्ण भएको छ।

अमर सहिद राम र लक्ष्मण

यो कोतपर्वको विद्रोह गर्न सन् १८७६ को अप्रिलमा गोरखा निवासी लखन थापाले केही विद्रोही युवा साथमा लिई सामूहिक रूपमा खुलेआम जंगबहादुरको विरोध गर्दै गाउँगाउँ घुमेका थिए। जंगबहादुरको तानाशाही आदेशले लखन थापा र उनका साथीहरूलाई पक्रेर मनकामनादेवी मन्दिरअगाडि झुन्ड्याइएको थियो।

काठमाडौँको माटोमा तरलीकरण

२०७२ वैशाख १२। हाम्रो पुस्ताले देखेको सबैभन्दा ठूलो भुइँचालो । धेरै ठूलो जनधनको क्षति गरेको भूकम्पको असरबाट नेपाल अझै पूर्णरूपमा तंग्रिन सकिरहेको छैन। भूकम्पपश्चात् नवनिर्माणको कार्यले तीव्र्रता पाइरहेको र आम जनमानसमा पनि बलियो संरचना निर्माण गर्नुपर्छ भन्ने चेतनाको विकास भइरहेको पाइन्छ। हाल स्थानीय तहहरूमा नक्सा पासपश्चात् मात्र नयाँ संरचना निर्माण गर्न पाइने नियम लागू हुँदै गइरहेको छ। यसले गर्दा निश्चित मापदण्डभित्र रहेर नयाँ संरचनाहरू निर्माण गर्न पक्कै टेवा पुग्ने र पुगिरहेको पनि देखिन्छ। तर बलियो संरचना भन्दै गर्दा धेरैले जमिनमाथिको संरचनालाई मात्र बुझ्ने तर संरचनाहरू बन्ने स्थानको जमिन वा माटोलाई भने पूर्णतः बेवास्ता गरेको पाइन्छ। यस्तो स्थितिमा मुख्यतः भूकम्पको प्रभावले माटो तरलीकरण हुँदा पार्ने प्रभावका बारेमा काठमाडौँको माटोलाई आधार मान्दै यो लेख तयार गरिएको छ।

प्रधानमन्त्री पुत्र दाहालसँग इटालियन राइफल

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालले बिहीबारदेखि २२ बोर राईफल बोक्ने आधिकारिक अनुमति पाएका छन्।

'निर्देशन पाए काठमाडौं २४ घण्टै खोल्छु'

काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरिक्षक छबिलाल जोशीले सरकारले आवश्यक पूर्वाधार बनाएर निर्देशन दिए काठमाडौंका निश्चित क्षेत्र २४ घण्टा खुला गर्न प्रहरी तयार रहेको बताएका छन्।

चिनियाँसहित पाँच जनालाई संगठित अपराधमा म्याद थप

सुन र अवैध विदेशी मुद्रासहित शनिबार पक्राउ परेका तीन चिनियाँ नागरिक र दुई नेपालीलाई संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थपेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंलाई संगठित अपराधमा अनुसन्धानका लागि सात दिन हिरासत म्याद थप भएको छ ।

१५ किलो सुनसहित एक जना पक्राउ

१५ किलो सुनसहित एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत्त बालाजुले १५ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो। ना १ झ ४९६४ नम्बरको टाटा सुमो गाडीमा रसुवाबाट लकाइ छिपाइ ल्याएको १५ किलो सुनसहित भक्तपुरका गाडी चालक रविन्द्र भुजेल पक्राउ परेका हुन्।

जरायोको ३ थान सिङसहित दुई टर्किस पक्राउ

दुई टर्किका नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। नेपालबाट अवैध रुपमा दुर्लभ जरायोको सिंह तस्करी गर्दै रहेको अवस्थामा दुबैजना पक्राउ परेका हुन्।

साइकलधरि छैन नेपाल प्रहरीकाे १३ सय युनिटसँग

अपराध नियन्त्रणसँगै शान्तिसुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको प्रहरीले आफ्नो सेवा उत्तिकै चुस्तदुरुस्त पार्नुपर्छ । कहीँकतै अपराध भइहाले तत्काल पहुँच पु¥याउन विभिन्न स्थानमा छुट्टाछुट्टै प्रहरी एकाइ खडा गरिएका छन्।

बालबालिका तस्करी अभियोगमा पक्राउ श्रेष्ठलाई ७ दिन थुन्न आदेश

काठमाडौं— नौ जना बालबालिकालाई अमेरिका पुर्‍याएर छोड्ने पुतलीसडकस्थित सारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। शनिबार पक्राउ परेकी श्रेष्ठलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धानका लागि ७ दिन थुन्न अदालतले अनुमति दिएको हो।

बालबालिका तस्करी गरेकाे अभियाेगमा रजनी श्रेष्ठ पक्राउ

काठमाडौं— सांस्कृतिक आदानप्रदानका नाममा नेपाली बालबालिका अमेरिका तस्करी गरेको आरोपमा पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई शनिबार प्रहरीले हिरासतमा राखेर कारवाही थालेको छ।

अमेरिका, क्यानडा पठाइदिन्छु भन्दै ठग्ने ज्योतिष पक्राउ

काठमाडौं—युवालाई अमेरिका, क्यानडा लगायतका मुलुक पठाइदिन्छु भनी ठगी गर्ने एकजना विद्यावारिधि डिग्रीधारी ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा डाक्टर पुण्यप्रसाद दंगाललाई थानकोटबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्