‘स्वतन्त्र मधेस’को ताण्डव देखाउने राउतलाई राजद्रोहको मुद्दा लगाउन नेकपा सांसदको माग
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक सांसदले पृथकतावादी नेता सीके राउतलाई राजद्रोहको मुद्दा लगाउन माग गरेका छन्। नेकपाका युवा नेता एवं गण्डकी प्रदेशका सांसद राजिव पहारीले पृथकतावादी नेता सीके राउत र उनका कार्यकर्तालाई राजद्रोहको मुद्दा लगाउन सरकारसँग माग गरेका हुन्।