८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मंसिर ४ मा निर्वाचन गराउन गठबन्धनको सुझाव

सत्तारुढ पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्न सरकारलाई सुझाएको छ।

प्रगति निराशाजनक भएको भन्दै समितिद्वारा छानबिन गर्न निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नारायणगढ-बुटबल सडक खण्डको निर्माण सम्पन्न हुने बेला पनि प्रगति न्यून र निराशाजनक भएको भन्दै गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

नेपाल मनी लन्ड्रिङको कालोसूचीमा पर्नसक्ने खतरा छः गगन थापा

‘कालोसूचीमा नेपाल पर्‍यो भने विप्रेषण र आयातमा निर्भर नेपाल जस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने, एलसी खोल्न नपाउने यस्तो अवस्था हामी कल्पना पनि गर्नसक्दैनौं।’

वामपंथी दलबीच चुनावी मोर्चा हुनसक्छः प्रचण्ड

जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी रहेको भन्दै उनले दुबै पक्षसँगसमेत छलफल चलिरहेको बताए। भट्टराईले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने भएकोले उनीसँग समेत एकताको विषयमा कुरा चलिरहेको बताए।

संसद्‍मा रुलिङको माग

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले सांसद भीम रावलले अमेरिकासँग स्टेट पार्टरनसिप प्रोग्राम (एसपिपी) सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गरेका छन्।

'जथाभावी बस्ती विकास गरेको भन्दै सरकारप्रति सांसदहरु आक्रोश'

२०७२ सालको भूकम्पपछि सरकारले बनाएको सो मापदण्डका प्रावधानहरुलाई समेत संकुचित बनाएर २०७८ सालमा सरकारले त्यसलाई पुन संशोधन गरेको निष्कर्ष समेत निकालिएको समितिकी सभापति कल्याणी खड्काले बताए। समितिले प्रदेश र स्थानीय तहमा भवन निर्माणसम्बन्धि एकीकृत मापदण्ड बनाइ कार्यान्वयन गर्नेगरी आवश्यक निर्देशन दिन पनि नेपाल सरकार सहरी विकास मन्त्रालयलाई सचेत गराएको छ।

झाँर्की जस्तै रूँदै नजानु भन्ने सुझावमा मेटमणीले भने: हाँसेरै विदा हुन्छु

‘माननीयजीहरुले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरु दिनु भएको छ। आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ। मलाई क्लियर के छ भने मन्त्री हुुने कुरा रेगुलर प्रोसेसको कुरा हो। म सधैंभरी रहि रहदिन। त्यसै म आउँदा खेरी जसरी हाँसेर आएको छु। जाँदाखेरी यो भन्दा बढि हाँसेर जान्छु।’

उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म कायम राख्ने तयारी

प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने संविधानमा व्यवस्था भए पनि कुन मितिलाई आधार मान्ने विषयमा मतभेद आइरहँदा निर्वाचनको उमेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म राख्ने गृहकार्य गरिएको छ।

सुगौली सन्धिपछि नेपालको परराष्ट्र सम्बन्ध कमजोर भयोः लिङदेन

‘सुगौली सन्धि पछि पछिल्लो समय नेपालको परराष्ट्र सम्बन्ध कमजोर भएको छ भन्ने मलाइ लाग्छ। हस्तक्षेपहरु गोलाबारुद्धको साथमा मात्रै नआउने रहेछ। र, सम्बन्धहरु एक ढंगले मात्रै परिभाषित नहुने रहेछ। हामीले आफ्नो सत्ता स्वार्थका लागि जे पनि सम्झौंता गर्न तयार हुन्छौं। हस्तक्षेपहरु त आउने नै भयो।'

अढाइ वर्षपछि उपभामुख चयन

पद रिक्त भएको साढे दुई वर्षपछि शुक्रबार भएको निर्वाचनबाट कांग्रेस सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्।

सबैलाई समेटेर अघि बढ्न देउवालाई सुझाव

नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रको एकतालाई अझ मजबुत बनाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सांसदलाई गृहमन्त्री खाँणको आग्रहः नागरिकता विधेयक पारित गर्न सहयोग गर्नुस्

गृहमन्त्री खाँणले संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै सोही अनुसार सो विधेयक सरकारले ल्याएको बताए। मन्त्री खाँणले आफ्नो विरोधको सूचना फिर्ता गरेर पनि सो विधेयकलाई संसदबाट पारित गराउन सांसदहरुले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे।

प्रतिनिधिसभा उपसभामुखका लागि बिहीबार निर्वाचन

प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको नियुक्तीमा ढिलाइ भएको भन्दै सांसदहरुले नियुक्ती प्रक्रिया सुरु गर्न दबाव दिँदै आएका छन्। राष्ट्रियसभा सदस्य वामदेव गौतमले यस विषयलाई गम्भीरतापूर्वक लिन राजनीतिक दल र सरकारलाई दबाव दिइरहेका छन्।

यौन हिंसामा हदम्याददेखि धेरै कुरामा सुधार गर्नुपर्छः कानुनमन्त्री

‘केही गम्भीर कुराहरु आएका छन्। यसको अध्ययन सरकारले थालेको छ। त्यो अध्ययन गर्न दिउ सरकारलाई। अहिले लिगल भ्याकुम नराख्नका लागि यो अध्यादेशको प्रतिस्थापन गर्न आएको विधेयकलाई पास गरौं। एउटा क्षेत्रमा मात्रै होइन। यसको धेरै क्षेत्रमा अध्ययन गरेर सुधार गर्न आवश्यक छ। हदम्याददेखि सबै क्षेत्रमा सुधार आवश्यक छ। क्रिमिनल जष्टिस सिष्टममा सुधार आवश्यक छ। त्यो कुरा गर्नका लागि कानुन आयोगले अध्ययन गरिरहेको छ। त्यसलाई पर्खौ भनेर निवेदन गरेँ।’

‘प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको छ’

प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे। उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्