coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल मनी लन्ड्रिङको कालोसूचीमा पर्नसक्ने खतरा छः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपाल मनी लन्ड्रिङको कालोसूचीमा पर्नसक्ने खतरा भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल ‘फाइन्सियल एक्सन टास्ककोर्ष’सँग सम्बन्धित एसिया प्यासिफिक ग्रुप अन मनि लन्ड्रीको कालोसुचीमा पर्नसक्ने खतरा भएको बताएका हुन्।

थापाले विगतमा कालोसूचीमा पर्दापर्दै नेपाल बचेको भएपनि यो पटक बच्ने अवस्था नभएको भनेर विज्ञहरू त्रसित रहेको बताए। उनले भने, ‘कालोसूचीमा नेपाल पर्‍यो भने विप्रेषण र आयातमा निर्भर नेपाल जस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने, एलसी खोल्न नपाउने यस्तो अवस्था हामी कल्पना पनि गर्नसक्दैनौं।’

उनले मूल्यांकनको ४० वटा सूचकांकमा नेपालको अवस्था के छ? विज्ञहरूले आशंका गरेको जस्तो कालोसूचीमा पर्नसक्ने अवस्था बन्दै गएको हो भने, त्यसमा पर्न नदिन, त्यसबाट जोगिनका लागि सरकारले के-के गरिरहेको छ? भन्ने विषय अबिलम्ब संसदलाई जानकारी गराउन समेत सरकारकारसँग माग गरेका छन्।

प्रकाशित: १० श्रावण २०७९ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App