२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रौतहट १ मा माधवकुमार नेपालको अग्रता

रौतहट क्षेत्र नम्बर एकमा नेकपा एसका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अग्रता कायम राखेका छन्।

भक्तपुर क्षेत्र नं २(ख) मध्यपुर थिमिमा नेमकिपा अग्रस्थानमा

भक्तपुर निर्वाचन क्षेत्र नं २ ख मध्यपुर थिमिमा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ। मध्यपुर थिमि क्षेत्रमा नेमकिपाका रमेश वैद्यले अग्रता लिएका हुन्।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो।

सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छः अध्यक्ष यादव

उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे। दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो।

आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताए। उनले निर्वाचन देशको भविष्य निर्माणको पहिलो भएकाले उम्मेदवार चयनमा नचुक्न आग्रह गरे।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरे मतदान

उनले रौतहट सदरमुकाम गौर श्रीराम जानकि कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गरेका हुन्।

भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित भएकोप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ।

गलत प्रचार गरेकोमा कांग्रेस र माओवादीको आपत्ति

निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन्।

माधव नेपाल र प्रभु साहले गरे एकअर्कालाई समर्थन

रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्तापक्षीय गठबन्धनबाट उम्मेदवार माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गरेका छन्।

नेपाल बैंकको ८६ वार्षिकोत्सव समारोह सम्पन्न

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गरे।

अव्यवस्थित बसोबासीका बस्ती नहटाउन अखिल नेपाल किसान महासङ्घकाे माग

अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी, काठमाडौँले सिङ्गो देश निर्वाचनमा होमिएका बेला काठमाडौँका विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने १० दिने सूचना प्रकाशन गरेको थियो।

जग्गा प्रकरणमा केपी ओलीले नै फसाएको होः नेता गच्छदार

‘केपी ओलीको ब्रेनको उपजमलार्ईं ललिता निवास जग्गा प्रकरणमा जर्वरजस्ती फसाइयो,’ इटहरीमा बिहीबार आयोजित चुनावी र्‍यलीपछिको सम्बोधनका क्रममा गच्छदारले भने, ‘नखाएको बिष मलाईं लगायो, म निदोष छु, मेरो कुनै संलग्नता छैन, अदलातले मलाईं न्याय दिन्छ।’

केपी ओली गणतन्त्र विरोधी हुन्ः बिमलेन्द्र निधि

‘ओलीजीले गणतन्त्र ल्याउने विषयमै बयलगाडा चढेर अमेरिका पुगिदैँन भनेको हामीले बिर्सेका छैनौं’ उनले भने, ‘संघीयता र समावेशिताका विषयमा पनि ओलीका कुरा सुन्नुभएकै छ।’

११२०० नम्बरको टिकट किन्ने व्यक्तिले पाए विश्वकप हेर्ने मौका

विहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा बुधबार विक्री भएको टिकट मध्येबाट लक्की ड्र गर्दा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने अवसर ११२०० नम्बरको टिकट किन्ने व्यक्तिले पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्