coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

११२०० नम्बरको टिकट किन्ने व्यक्तिले पाए विश्वकप हेर्ने मौका

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्ने एकजनाले विश्वकप हेर्ने आवसर पाएका छन्। हिजो (बुधबार) भएको खेलमा करिब ७ हजार दर्शक उपस्थित रहेकोमा ४ हजार ९०० टिकट विक्री भएको थियो।

विहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा बुधबार विक्री भएको टिकट मध्येबाट लक्की ड्र गर्दा  विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने अवसर ११२०० नम्बरको टिकट किन्ने व्यक्तिले पाएका छन्।  

विश्वकपको समूह जी मा रहेका ब्राजिल र क्यामरुनबीचको खेल मंसिर १६ गते हुनेछ।

प्रकाशित: १ मंसिर २०७९ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App