२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल बैंकको ८६ वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ।  

वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको यो बैंक २०७९ कात्तिक ३० गते ८५ औं वर्ष पूरा गरी ८६ औं वर्षमा प्रवेश गरेको हो।  

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गरे। त्यसक्रममा उनले नेपालको बैंकिङ विकास र उद्यमशीलताको प्रबद्र्धनमा बैंकको अतुलनीय भूमिका रहेको हुँदा प्रत्येक वर्ष कात्तिक ३० गतेलाई नेपालको बैंकिङ् क्षेत्रको ऐतिहासिक बैंकिङ दिवसको रूपमा लिन सकिने बताए।  

त्यसैगरी अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले नेपाल बैंक नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर रहेको उल्लेख गर्दै वर्तमान सूचकहरूले बैंक निकै सबल र प्रतिस्पर्धी रहेको बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले आफ्ना सेवालाई डिजिटाइज गर्दै लगेको बताए। बैंकले अहिले अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस र डलर प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ। समारोमा बैंकले गत आवमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरूलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेको थियो भने बैंकले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीलाई प्रमाण पत्र र मेडल प्रदान गरेको थियो।  

बैंकले केएल दुगड गु्रपका अध्यक्ष किसलनलाल दुगड र द्वारिकाज होटलका अध्यक्ष अम्बिका श्रेष्ठलाई उत्कृष्ट ग्राहकको रूपमा सम्मान गरेको थियो भने बैंकका प्रथम गभर्नर तथा बैंकको वि.सं. २००८ देखि वि.सं. २०११ सम्मका डाइरेक्टर जनरल हिमालय शमशेर जबरालाई अभिनन्दन समेत गरेको थियो। 

प्रकाशित: २ मंसिर २०७९ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App