२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरे मतदान

नेकपा एसका अध्यक्षा एवम पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको सदरमुकाम गौरमा मतदान गरेका छन्। 

गृह नगर गौर नपा वडा नम्बर २ स्थित राम जानकी कन्या आधारभुत माविमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। नेपाल सङै धर्म पत्नि गायत्री नेपालले मतदान गरेका हुन।

पहिलो मतदाताको रुपमा मत खसाल्दै नेता नेपालले शान्तीपुर्ण रुपमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाइ आग्रह गरेका छन्।  

मत खसालेपछी नेता नेपालले सञ्चारकर्मीसँग सक्षिप्त प्रतिकृया दिँदै यसपटकको निर्वाचनमा धेरै अबान्छित कृयाकलाप देखिएको बताए।  

उम्मेदवारहरुले गाउँगाउँमा रातिको समयमा मदिरा, पैसा, मासु, माछा वितरण गरेर निर्वाचनको स्वच्छता धुमिल बनाएको आरोप लगाए। पैसा र पम्पलेटसहित उमेदवारका समर्थकहरु यसपालि रौतहटमा पक्राउ पर्नुले निर्वाचन सुरक्षामाथी यावत  प्रश्नहरु खडा भएको नेता नेपालले बताए।

 

प्रकाशित: ४ मंसिर २०७९ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App