२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माधव नेपाल र प्रभु साहले गरे एकअर्कालाई समर्थन

माधवकुमार नेपाल र प्रभु साह।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र स्वतन्त्र उम्मेदवार प्रभु साहले एक अर्कालाई समर्थन गरेका छन्।

रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गरेका छन्। सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्रले साहलाई आधिकारिक उम्मेदवार बनाएपछि नेपालले पनि साहलाई समर्थन गरेका हुन्।

साहले पनि नेपाललाई समर्थन गरेका छन्। गठबन्धनले आफूलाई समर्थन गरेकाले प्रतिनिधि सभा उम्मेदवार नेपाललाई आफ्नो समर्थन रहेको साहले बताएका छन्।

क्षेत्र नम्बर १ का सत्ता गठनबन्धनबाट उम्मेदवार नेपालको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजय गुप्ता छन्।

यसैगरी रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साहको मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका बागी उम्मेदवार ओमप्रकाश साह छन्। सत्ता गठबन्धनले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई आधिकारिक उम्मेदवार घोषणा गरिसकेको भए पनि रौतहट क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्ताहरु भने अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश साहको पक्षमा खुलेर लागेका थिए।

नेपालले प्रभु साहलाई गठबन्धनकै उम्मेदवारको रुपमा चिनाउँदै समर्थन गरेपछि नेपाली काँग्रेस र नेकपा एसका कार्यकर्तामाथि नैतिक दबाबसमेत परेको छ।

प्रकाशित: २ मंसिर २०७९ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App