१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गर्भवतीको हेलिकप्टरबाट उद्धार

कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो।  

दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो। तीन दिन अघिदेखि सुत्केरी व्यथाले थलिएकी भट्टराईलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए। 

प्रकाशित: ५ मंसिर २०७९ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App