९ आश्विन २०८१ बुधबार
image/svg+xml

संयुक्त राष्ट्रंघले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने

कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो। संयुक्त राष्ट्रंघका विशिष्ठ जनस्वास्थ्य विद्सहितको समूह हाल भारत पुगेको छ।

भारतमा एक करोड ८० लाख भन्दा बढी कोरोना संक्रमित

बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

‘महामारी फैलिनुमा आत्मतुष्ट व्यवहार पनि जिम्मेवार’

घरमै बसेर धेरै बिरामीको उपचार हुन सक्ने भए पनि धेरैजना अस्पताल जाँदा स्वास्थ्य सेवा प्रणालीमा अत्यधिक चाप परेको संगठनका प्रवक्ता जासारेभिकले बताए। कोभिड–१९ का बिरामीमध्ये १५ प्रतिशतलाई मात्र अस्पतालमा उपचार आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रभावकारी स्क्रिनिङ र बिरामीको प्राथमिकीकरणले आवश्यक हेरचाह हुन सक्ने बताए।

प्रतिबन्धित औषधि र भारतीय रुपैयाँसहित ३ जना पक्राउ

मोरङको उर्लाबारी र विराटनगर क्षेत्रबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित औषधिसहित उर्लाबारीबाट २ जना र प्रतिबन्धित भारतीय रुपैयाँसहित १ जना भारतीय नागरिकलाई मंगलबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

विश्वकै सबैभन्दा बढी कोरोनाविरुद्धको खोप उत्पादन हुने छिमेकी राष्ट्र भारतमा कोरोनाको कारण बुधबारसम्म मृत्यु हुनेको सङख्या २ लाख नाघेको छ।

भारतको आसाममा शक्तिशाली भूकम्प

अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ। तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो।

भारतमा एकैदिन तीन लाख २३ हजार भन्दा बढीमा कोरोना पुष्टि

एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो छठौं दिन भएको बताइएको छ। कोरोना महामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ।

कोरोना रोकथाममा स्थानीय सरकार : न क्वारेन्टिन, न आइसाेलेसन

बितेको एक महिनाको अवधिमा नेपाल भारत सीमा क्षेत्र कोयलाबासबाट ७ सय जना नागरिक नेपाल भित्रिए । स्वास्थ्य कार्यालयका अनुसार उनिहरु सबै भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक हुन् । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नाकामा स्थापना भएको हेल्पडेस्कमा उनिहरु सबैको कोरोना एन्टिजेन परीक्षण भयो । यो परीक्षण बिधिले ७ सय मध्य एकजनामा मात्रै कोरोना संक्रमण देखायो ।

भारतमा एकैदिन तीन लाख ५२ हजार कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन्। एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन भएको बताइएको छ।

हजारौं भारतीय काठमाडौं हुँदै तेस्रो मुलुकतर्फ

दुई महिनायता हजारौं नागरिक नेपालको विमानस्थल प्रयोग गरेर हङकङ र साउदी अरब गएका हुन्। कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरब, हङकङलगायत मुलुकले भारतबाट हुने सबै उडान रोकेपछि भारतीय नागरिकले नेपालको हवाई मार्ग प्रयोग गरेका हुन्।

पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक

पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ। आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

भारतमा कोरोना संक्रमण: सङ्क्रमित र मृत्युको शुक्रबार नयाँ रेकर्ड

यहाँ गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ। यसरी कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो। यसरी भारतमा अहिलेसम्ममा संक्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ।

भारतीय दूतावासद्वारा ३९ एम्बुलेन्स प्रदान

काठमाडौंस्थित भारतीय दूतावासले विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। दूतावासले बिहीबार एक कार्यक्रमबीच ती सवारीसाधन सहयोग गरेको हो।

भारतमा हालसम्मकै उच्च संक्रमण

भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर तथा पश्चिमी क्षेत्रका स्वास्थ्य अधिकारीले कोरोना संकट भयावह बनेको र अस्पतालका बेड भरिएको तथा अक्सिजन अभाव रहेको बताएका छन्। कतिपय स्थानमा चिकित्सकले बिरामीलाई घरमै बस्न सुझाएका छन्। भारतको पूर्वी सहर मुजफ्फरपुरमा शवदाह गृहमा शव जलाउन मृतकका परिवार कुरेर बस्नुपर्ने स्थिति आएको छ।

भारतमा एकैदिन तीन लाख बढीमा कोरोना संक्रमण पुष्टि

कोरोना माहामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ। यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्