१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

प्रतिबन्धित औषधि र भारतीय रुपैयाँसहित ३ जना पक्राउ

मोरङको उर्लाबारी र विराटनगर क्षेत्रबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित औषधिसहित उर्लाबारीबाट २ जना र प्रतिबन्धित भारतीय रुपैयाँसहित १ जना भारतीय नागरिकलाई मंगलबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।  

उर्लाबारी नगरपालिका–४ आइतबारेका २१ वर्षीय सागर तामाङ र दिपेश राजवंशीद्वयलाई आइतबारेबाटै प्रतिबन्धित औषधिसहित मंगलबार साँझ ७ बजे पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।  

पक्राउ परेकाहरुको साथबाट ट्रामाडोल र डिकोलिक १–१ सय गरेर दुई सय चक्की बरामद भएको र दुवै औषधि प्रयोग गर्न नेपालमा प्रतिबन्ध लगाइएको छ । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाइने प्रहरीले जनाएको छ ।  

त्यसैगरी, प्रहरीले मंगलबार साँझ साढे ७ बजे नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँका साथै नेपाली रुपैयाँसहित १ जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।  

भारत विहारको अररिया घर भएका २२ वर्षीय रुपेश ठाकुरलाई सीमा क्षेत्र विराटनगर–१६ दरैयाबस्तिबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बिआर ३८ टि ३४१० नम्बरको मोटरसाइकलमा विराटनगरतर्फ आउँदै गर्दा शंका लागी चेकजाँचका क्रममा भातरीय रुपैयाँ ५ सय दरका ७७ थान (३८ हजार ५ सय रुपैयाँ) र नेपाली रुपैयाँ १ हजार दर २६, ५ सय दरका ४०, १ सय दरका ६० र १० दरका १ थान (४६ हजार ६ सय १०)रुपैयाँ बरामद भएको छ । ठाकुरलाई आवश्यक कारबाहीका लागि नियन्त्रयणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

त्यस्तै मोरङकै सुनवर्षी नगरपालिका–८ बाट प्रहरीले अवैध रुपमा नेपाल ल्याउँदै गरेको ६ कार्टनुका १७ सय बोइलर कुखुराका चिल्ला बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपमा ल्याइएका कुखुराका चिल्ला नेपालतर्फको मैकबारी बेवारिसे अवस्थामा रहेको १ लाख ५० हजार रुपैयाँ बारबरको चल्ला नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ वैशाख २०७८ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App