१४ ‘ए’ डिभिजन क्लबको लाइसेन्स अस्विकृत
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी क्लब लाइसेन्सका लागि १४ ‘ए’ डिभिजन क्लबले गरेको प्रस्ताव अस्विकृत गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी क्लब लाइसेन्सका लागि १४ ‘ए’ डिभिजन क्लबले गरेको प्रस्ताव अस्विकृत गरेको छ।
वीरगन्जमा हुन लागेको नेपाली चलचित्र महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ। आइतबार वीरगन्जमा आयोजित कार्यक्रममा महोत्सवको तयारी पूरा भएको जानकारी आयोजक नेपाल चलचित्र निर्माता संघले गराएको थियो।
मलेसियाले नेपालबाट आफ्नो देशमा आउने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले सिफारिस गरेको १ सय २२ मध्ये इच्छुक नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणमा सहभागी हुन् आवश्यक निरीक्षणका लागि आवेदन माग गरेको छ।
प्रमुख राजनीतिक दलहरूले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंगो लगाउन सक्रिय भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार उम्मेदवार टुंगो लगाएका छन् भने नेपाली कांग्रेसले मंगलबार मात्र उम्मेदवार छान्ने भएको छ ।
भ्रमण वर्ष २०२० भर पर्यटक भित्र्याउने राष्ट्रको लक्ष्यमा सहयोग पु-याउन उनीहरूले छुट दिने जनाएका हुन्। होटल एसोसिएसन अफ नेपालले पर्यटन वर्षभर लागू हुने गरी देशभर हानको सदस्यता लिएका होटलमा छुट दिइने घोषणा गरेको दोस्रो दिन घरबास कार्यक्रमले पनि आफ्नो सेवामा छुट दिने बताएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश प्रमुख हटाउने सरकारको निर्णयमा आपत्ति जनाएको छ। प्रदेश प्रमुख हटाउनु राजनीतिक पूर्वाग्रहपूर्ण निर्णय भन्दै यसले सहमतिको राजनीति विथोल्ने कांग्रेसको ठहर छ।
नेपाल भ्रमणमा रहेका विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको एक दिवसीय खेलमा नेपाल अन्डर–१९ राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ।
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइराला नियुक्त भएका छन्।
नेपाल–अफ्रिका फिल्म महोत्सव सुरु भएको छ। शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महोत्सवको उद्घाटन गरेका थिए।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर जनकपुरमा तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्य महोत्सव हुने भएको छ। आगामी कात्तिक २२ देखि सुरु हुने नेपाल साहित्य महोत्सवमा साहित्य, कला र राजनीतिका विभिन्न पक्षमाथि बहसको आयोजना गरिने जानकारी महोत्सव निर्देशक अजित बरालले दिए।
ललितपुर, महालक्ष्मीका उत्तम थापा (नाम परिवर्तन)को बाल्यकालीन सपना थियो– प्रहरीमा जागिर खाएर देशको सेवा गर्ने। २०७१ सालमा उनको रहर पूरा भयो। उनी नेपाल प्रहरीमा ‘असई’ पदबाट जागिरे भए। सुरक्षा क्षेत्रमा जागिर पाउन सजिलो भने थिएन। प्रहरी जागरिप्रति व्यग्र रहर भएकाले उनले जागिरको सिलसिलामा आइपर्ने कष्ट सहजै भुलिदिए। जागिर सुरु गरेको चार वर्षजति रमाइलै गरी चल्यो। तर, जागिरे जीवन बिताउँदै गर्दा उनलाई पारिवारिक समस्याले भने अल्झाउन थाल्यो। प्रहरीको २३÷२४ हजार तलबले घरखर्च टार्न कठिन प¥यो।
विवेकशील नेपाली दलले मेडिकल माफियाको अत्याचारविरुद्ध संघर्षरत विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। विवेकशीलले विज्ञप्ति निकाल्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त माफियातन्त्रविरुद्ध शान्तिपूर्ण रूपमा संघर्षरत सम्पूर्ण विद्यार्थी र सत्याग्रही डा. गोविन्द केसीको साथमा आफ्नो दल रहेको स्पष्ट पारेको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था बाहिर हल्ला भएजस्तो गम्भीर नभएको तर मिर्गौलामा समस्या आएको बताएका छन्। नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन्।
प्रथम नेपाल–हिल्फे कप जिल्लास्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको अन्तिम आठमा विभिन्न पाँच विद्यालयले स्थान सुरक्षित गरेका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरेका छन्।