१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

भारतका नौ प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार'

नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन तथा अनुसन्धानका साथै 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन' को उचाइ अभिवृद्धिमा विशिष्ट योगदानका लागि भारतका नौ जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेक‍ो छ। यी पुरस्कारका राशि जनही पचासपचास हजार रुपियाँ रहेका छन्।

प्राडा कविता लामा, प्राडा कृष्णराज घतानी, डा. टेकबहादुर छेत्री, प्राडा दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्राडा पुष्प शर्मा, डा. राजकुमार क्षेत्री र प्राडा सञ्जय राई तथा डा.अरुणा राई (संयुक्त) लाई 'नइ प्रज्ञा पुरस्कार' बाट विभूषित गरिने भएको छ।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

नइ एकेडेमी सदस्यसचिव नरेन्द्रराज प्रसाईकाे अनुसार नइ एकेडेमीले २०८२ चैत २७,२८ र २९ (अप्रिल १०,११ र १२) मा सम्पन्न हुने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ का अवसरमा 'नइ प्रज्ञा पुरस्कार' समर्पण गरिने भएको छ।

प्रकाशित: १२ फाल्गुन २०८२ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App