४ मंसिर २०८१ मंगलबार
image/svg+xml

भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो

पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो ।

भारतीय नागरिकलाई शहीद घोषणा गर्न मोर्चाको माग

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रहरीसँगको भिडन्तका क्रममा मारिएका भारतीय नागरिकलाई शहीद घोषणा गर्नुपर्ने माग अघि सारेको छ। पाँच महिनासम्म चलेको मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीसँगको भिडन्तमा मारिएका एक भारतीयलाई शहीद घोषणा गरी १० लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने मोर्चाको माग छ।

भारतीय राजदूतसँग ओलीले भने–आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य

एमाले अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने पनि अस्वाभाविक चलखेल स्वीकार्य नहुने बताएका छन्।

पाइपलाइन छिटो निर्माणमा भारतीय चासो

इन्धन आपूर्तिको दृष्टिले महत्वपूर्ण मानिएको योजना सीमावर्ती रक्सोलदेखि बाराको अमलेखजन्गसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रुत कार्यन्यवनमा भारतीय पक्षले तत्परता देखाएको छ।

दाहाल खाँटी राष्ट्रवादी भए भारतीय मिडियामा किन हर्षका खबर छाए: वैद्य

‘ओली गएर नयाँ सरकार बन्दै गर्दा भारतीय सञ्चार माध्यमहरुमा हर्षका खवरहरु छाएको थियो। त्यसले यहाँको पुष्पकमल दाहालजी खाँटी राष्ट्रवादी भएको भए त्यसो हुन नपर्ने। तै पनि खास कुरा के हो त्यसै खुसी त मनाएनन् होला, परिणाम हेर्न बाँकी नै छ’,

बिजुली बेच्ने लक्ष्य- भर छैन भारतीय बजारको

सरकारले उच्च प्राथमिकता दिएर सस्तोमा बिजुली उत्पादन गर्न नसक्ने हो भने भारतीय बजारमा बेच्ने योजना व्यर्थ हुने देखिएको छ। भारतीय बजारमा मूल्य निरन्तर ओरालो लागेका कारण यस्तो सम्भावना कम हुँदै गएको हो।

पाइपलाइन निर्माण चाँढै अघि बढाउन बिहारका अधिकारीलार्इ भारतीय मन्त्रीकाे निर्देशन

वीरगन्ज– रक्सौल–अमलेखगन्ज नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्भाैतामा हस्ताक्षर गर्ने भारतीय मन्त्रीले नै उक्त अायाेजना निर्माणमा चासाे देखाएका छन्। भारत विहारको रक्सौलदेखि नेपालको बारा जिल्लाको अमलेखजन्गसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत गतिमा कार्यान्वयनमा लान बिहारका अधिकारीलार्इ उक्त याेजनाकाे सम्झाैत पत्रमा हस्ताक्षर गरेका भारतकाे पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले निर्देशन दिएका हुन्।

प्रधानमन्त्री दाहाल र भारतीय राजदूतबीच भेटवार्ता

नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालकालागि भारतीय राजदूत रञ्जित रायबीच भेटवार्ता भएकाे छ। दाहाल निवास लाजिम्पाटमा आज बिहान भएको भेटवार्तामा राजदूत रायले प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

वनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

भारतविरुद्ध बोल्दैनन् मधेसी नेता

दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र ‘बाँधजस्तो सडक’ बनायो। लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्ती नदी आसपासका बासिन्दाले डुबान, कटान र पटान समस्या भोग्दै आएका छन्।

नेपाल-भारत सीमा क्षेत्रबाट हतियारसहित चारजना पक्राउ

रौतहट–रौतहटमा सशस्त्र प्रहरीले हतियार सहित चारजनालाई पक्राउ गरेको छ। उनीहरुबाट दुई थान पेस्तोल वरामद भएको छ। रौतहट रामपुरखापका समेन्द्र पटेल, राकेश सिं, राकेश पटेल र कमलेश पटेलाई पक्राउ गरिएको हो।

भारतलाई २० वर्षभित्र थप साढे १८ सय जहाज चाहिने

भारतका वायुसेवा कम्पनीहरूलाई आगामी दुई दशकभित्र थप १ हजार ८ सय ५० थान नयाँ जहाज आवश्यक पर्ने बजार प्रक्षेपण गरिएको छ। अमेरिकी जहाज निर्माता कम्पनी अमेरिकाको बोइङले गरेको बजार अध्ययन (२०१६–२०३५) ले यस्तो प्रक्षेपण देखाएको हो। बोइङले २० वर्षभित्र भारतलाई आवश्यक जहाजको कूल मूल्य २ खर्ब ६५ अर्ब अमेरिकी डलरबराबर हुने जनाएको छ।

पाटेबाघ सिकारमा ६ भारतीय गिरोह

सातौं बाघ दिवसका अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विश्वकै दुर्लभ वन्यजन्तु पाटेबाघ सिकारमा नेपालीभन्दा भारतीय समूह धेरै सक्रिय भएको जनाएको छ।

यस्तो भयो नेपाल र भारतबीचको मैत्रीपूर्ण भलिबल (फोटो फिचर)

काठमाडौं- नेपाली महिला भलिबल टोली शुक्रबार भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भयो। शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा नेपाललाई भारतले सोझो सेटमा पराजित गर्यो। नेपालले निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २४–२६ मा हारेको थियो भने दोस्रो सेट २०–२५ मा रोकियो। तेस्रो सेट १९–२५ ले गुमायो।

भारतीयले थालेको बाँध निर्माण कार्य तत्काल रोक्ने सहमति

राजविराज– भारतीयहरुले दशगजा क्षेत्रमा थालेको बाँध निर्माण कार्य तत्काल रोक्ने सहमति भएको छ। नेपालतर्फका सप्तरी प्रशासनका अधिकारी र भारततर्फको बिहार राज्यको सुपौल जिल्ला प्रशासनका अधिकारीबीच शुक्रबार भएको वार्तापछि उक्त सहमति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्