४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

काठमाडौँ,- नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामना दिएका हुन्।

नवनिर्वाचित प्रधानमन्त्री दाहालका प्रेस सहयोगी पूर्ण कार्कीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बधाईकै क्रममा प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तोसमेत दिएका छन्।

यस्तै, यहाँस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले दाहाल निवास लाजिम्पाटमा पुगेर उहाँलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ जनताका तर्फबाट बधाई दिएका छन्। रासस

प्रकाशित: १९ श्रावण २०७३ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App