४ मंसिर २०८१ मंगलबार
image/svg+xml

सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच झडप, २ नेपाली घाइते

तिलाठी(सप्तरी)– सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर नेपाली र भारतीय पक्षबीच भएको झडपमा २ नेपाली घाइते भएका छन्। भारतीय पक्षले चलाएको ढुंगा र लाठी लागेर तिलाठी–४ का देवनारायण यादव र तिलाठी–६ का रोशन झा घाइते भएका हुन्।

सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच झडप

तिलाठी(सप्तरी)– सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा अहिले नेपाली स्थानीय युवा र भारतीय स्थानीयबीच झडप भइरहेको छ। बाढी रोक्न दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि भारतीयहरुले एकतर्फी रुपमा बनाउन लागेको बाँध स्थानीय नेपाली युवाहरुले भत्काएपछि झडपको स्थिति सिर्जना भएको हो।

दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध बनाउन थालेपछि तनाव

सप्तरीको दक्षिण सीमावर्ती गाविस तिलाठी नजिकै रहेको दशगजा क्षेत्रमा भारतीय प्रशासनले जबर्जस्ती बाँध बनाउन थालेपछि उक्त क्षेत्रमा तनाब उत्पन्न भएको छ। सो क्षेत्रमा बाँध निर्माण हुन थालेपछि यस क्षेत्रका आधा दर्जन गाविस डुबानको त्रासमा छन्।

भलिबलमा नेपाल-भारत भिड्दै

नेपाल र भारतको महिला भलिबल टोलीले पाँच महिनापछि बिहीबार त्रिपुरेश्वरस्थित कभर्डहलमा पुनः एकअर्काविरुद्ध खेल्दैछन्। विश्व भलिबलमा आफ्नो प्रभाव विस्तार गरिरहेको टोली हो भारत। भारतले अहिलेसम्म दक्षिण एसियाली खेलकुद(साग) मा तीनपटक महिला भलिबल समावेश हुँदा सबैमा स्वर्ण पदक जितेको छ। दक्षिण एसियाको शीर्ष टोली भारत विश्व वरीयतामा ५७औं स्थानमा छ भने नेपाल वरीयताविहीन छ।

‘भारतीय ध्येय शंकास्पद’

भारतले दिएको इस्लामिक अतिवादी समूहले कोसी ब्यारेज (सप्तकोसी पुल) मा आक्रमण गर्ने योजना बुन्दै गरेको भन्ने सूचनालाई सोझो अर्थमा मात्र बुझ्न नहुने परराष्ट्र मामिला जानकारहरूले बताएका छन् । सूचना अत्यन्त गम्भीर र विचारणीय भएको जनाउँदै उनीहरूले उक्त सूचना र आउने प्रक्रिया अनुसन्धानको विषय भएको जनाए ।

महिला भलिबल टोली भारतविरुद्ध खेल्न तयार

काठमाडौं–नेपाली महिला भलिबल टोलीले भारतसँग खेल्ने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको नेपाल भलिबल संघले जनाएको छ।

भारतीय पक्षको अाग्रहमा कोशी ब्यारेजमा सुरक्षा सतर्कता

सप्तकोशी नदीको कोशी ब्यारेज मुस्लिम अतिवादी समूहको निसानामा परेको भन्दै भारतीय पक्षले पत्र पठाएपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। लस्करे तोइबा सहितका मुस्लिम अतिवादी समूहहरुले पूर्व—पश्चिम राजमार्गको कोशी ब्यारेजलाई निसाना बनाएको लिखित जानकारी भारतको सुपौल जिल्लाका डिएमले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारलाई गराएपछि सुरक्षा सतर्कता बढाइएको हो।

प्रधानमन्त्री ओलीको राजीनामाप्रति भारतमा खुशीयाली !

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अविश्वासको प्रस्तावमा मतदान हुनुभन्दा पहिले नै संसदबाट राजीनामाको घोषणा गरे। प्रधानमन्त्रीको राजीनामापछि सत्ता परिवर्तनमा मुख्य भूमिका खेलेको भनिएको छिमेकी मुलुक भारतमा खुशीयाली छाएको त्यहाँका संचार माध्यमले उल्लेख गरेका छन्।

नेपाली चिया प्रतिबन्ध गर्ने भारतीय ब्यापारीको चेतावनी

भारतीय व्यापारीले नेपाली अर्थाेडक्स चियामा गुणस्तर नभएको भन्दै भारत आयातमा रोक लगाउन दबाब दिएपछि देशभरका चिया उद्योगी झस्किएका छन्। आउँदो अक्टोबरमा हुने नेपाल–भारत पारबहन सम्झौता नवीकरणको केही महिनाअघि त्यहाँका व्यापारीले यस्तो माग गरेपछि उद्योगीमात्र होइन, किसानमा समेत यसको तरंग छाएको छ।

भारतीय मञ्चमा नेपाली 'मालिनी'

भारतको हरियाणा राज्यस्थित जिन्द जिल्लामा आयोजित इन्डो–नेपाल इन्टरनेसनल थिएटर फेस्टिभलमा नेपाली नाटक 'मालिनी' मञ्चन भएको छ। फेस्टिभलको उद्घाटन नै यही नाटकको मञ्चनबाट गरिएको हो।

भारतीय सेना चढेको विमान सम्पर्कविहिन

नयाँ दिल्ली— भारतीय सेना चढेको विमान सम्पर्कविहिन भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। संचारमाध्यमका अनुसार एन्टोनोभ—३२ २० जना सैनिक चढेको उक्त विमान वे अफ बंगाल आसपास पुगेपछि सम्पर्कविहिन भएको इन्डियन एयर फोर्सले जनाएको छ।

भारतीय रेल्वेद्वारा नेपाली आयातमा अघोषित जरिवाना

भारतीय रेल्वेले नेपाली आयातकर्ताले प्रयोग गर्ने सीमावर्ती रक्सौलस्थित रेल स्टेसनमा मालवस्तु लोड–अनलोड समय २४ घन्टा घोषित गरेर जरिवाना तिर्न बाध्यात्मक अवस्था खडा गरेपछि आयातकर्ता तर्सिएका छन्।

'सार्क भारतमात्र होइन'

सय दिनको कार्यकालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा केही महत्वपूर्ण उपलब्धी प्राप्त भएको सार्क उद्योग वाणिज्य संघका अध्यक्ष  सुरज वैद्यले बताएका छन्। कार्यकाल सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले यस अवधिमा सार्कमात्र नभएर बाहिर पनि कार्यक्रम विस्तार गर्ने योजना बनको बताए।

कुखुराको चल्ला सहित तीन भारतीय पक्राउ

रौतहट-प्रतिबन्धित अवैध सेतो कुखुराको चल्ला सहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती भारतको घोडासहान बजारबाट अवैध रुपमा चोरी तस्करी गरेर नेपाल भित्रयाउने क्रममा प्रहरीले मंगलवार चल्ला सहित तीनै जनालाई नियन्त्रणमा लिएको हो।

रौतहटमा चोरिएको डुंगा भारतबाट बरामद

रौतहट– दक्षिणी रौतहट र सर्लाही जिल्लाको सीमाको रुपमा रहेको बागमति नदीमा चलाइने डुंगा रौतहटबाट चोरी भएकोमा प्रहरीले भारतबाट बरामद गरी ल्याएको छ। रौतहटको बडहर्वा गाविसको साढे २ लाख रुपैयाँको लागतमा बनेको सार्वजनिक डुंगा गत असार १८ गते चोरी भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्