४ मंसिर २०८१ मंगलबार
image/svg+xml

मुक्तिनाथ दर्शन गरेर फर्किएका भारतीय नागरिक बेपत्ता

म्याग्दी- दाना गाविस –१ को बाँदरजुङमा एक भारतीय नागरिक बेपत्ता भएका छन्। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किएका भारतको असाम राज्यका सरस्वती क्षत्रीको भीरबाट आएको ढुंगा लागेर बेपत्ता भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताए।

सलमान र सन्नी गुगलमा सबै भन्दा बढी खोजिने भारतीय सेलिब्रेटी

बलिउड दबंग स्टार सलमान खान र बेबी डल सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने अभिनेता तथा अभिनेत्री भएको भारतीय संचार माध्यमले जनाएका छन्।

भारतीय प्रहरीका कारण नेपाली त्रसित

नेपाल भारत सीमा क्षेत्रमा गत असार १६ गते एक बालिकाको रहस्यमय तरिकाले मुत्यु भएकै कारण यतिबेला नवलपरासीका पक्लीहवा गाविसमा स्थानीय त्रसित छन् ।

भारतमा भानुको भक्ति

'भानुभक्तका कविता क्षणिक नभएर सधैँ जीवित रहन्छन्। उनका कवितामा मानवता र यथार्थ चित्रण गरिएको छ। त्यस्ता कविको जन्मजयन्तीमा सहभागी हुन पाउँदा गौरवान्वित छु।' यो भनाइ कुनै नेपाली भाषाविद् वा साहित्यकारको होइन, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको हो।

भारतीय फुटसलमा गिग्स

वेल्स फुटबलका पूर्व सुपरस्टार रायन गिग्सले खेलाडीका रूपमा मैदानमा पुनरागमन जनाउने भएका छन्। म्यानचेस्टर युनाइटेडका महान खेलाडी एवं पूर्व सहायक प्रशिक्षक गिग्स भारतमा यसै साता सुरु हुने प्रिमियर फुटसलको पहिलो संस्करणमा खेलाडी हुँदै मैदान उत्रने आयोजकहरूले बुधबार जनाएका छन्।

नेपालले नयाँ म्याटमा भारतसँग खेल्ने

नेपाली महिला भलिबल टोलीले भारतसँग साउनमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाल भलिबल संघले साउन १३ र १४ मा त्रिपुरेश्वरस्थित कभर्ड हलमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको बुधबार जनाएको छ।

भारतको इसारामा ढल्दै र बन्दैछ सरकारः बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतको चाहनाअनुसार हाल नेपालमा सरकार परिवर्तन हुन लागेको बताएका छन्। नेपाली काँग्रेसका सभापति देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भारतको निर्देशनमा सरकार परिवर्तन गरेको उनले आरोप लगाए ।

नेपाल–भारत सैन्य सामग्री आपूर्ति समझदारीमा : भारतीय दूतावास

भारतीय दूतावासले आपसी समझदारीका सर्तमा आधारित भएर नेपाल–भारतबीच सैन्य सामग्री आपूर्ति हुने गरेको बताएको छ । नागरिकमा मंगलबार प्रकाशित ‘भारतले माग्यो उपहारको मोल’ शीर्षक समाचारमाथि प्रतिक्रिया व्यक्त गर्दै दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई सरकारबीच सहमति भएर गरिएका कुनै पनि आपूर्तिमा कुनै विचलन रहेको छैन ।’

हेलिकप्टरको पैसा मागेका छैनौ: भारतीय दूतावास

काठमाडौं- भारतीय राजदूतावासले सैन्य हेलिकप्टरको पैसा नमागेको बताएको छ। आपसी समझदारीका शर्तहरुमा आधारित रहेर भारत र नेपालबीच सैन्य सामाग्री आपूर्ति गर्ने गरिएको दूतावाशकी सेकेन्ड सेक्रेटर रुवी जसप्रीत शर्माले बताएकी छन्।

भारतमा बस दुर्घटनाः पाँच नेपालीको मृत्यु

नेपालगन्ज– सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ। बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो।

भारतमा बस दुर्घटना:पाँच नेपालीको मृत्यु

सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो । सो दुर्घटनामा पाँच नेपालीको मृत्यु भएको खबर भारतीय प्रहरीबाट प्राप्त भएको प्रहरी उपरीक्षक राईले बताए।

मोदीकाे उपहार हेलिकोप्टरको मोल खोज्दै भारत

भारतले दुई वर्षअघि नेपाललाई उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न ताकेता गरेको छ। सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए।

ओलीलाई भारतले मन नपराउनु राष्ट्रवाद होइन्ः गजुरेल

क्रान्तिकारी नेकपा–माओवादीका नेता सिपी गजुरेलले भारतले प्रधानमन्त्री केपी ओलीलाई मन नपराउनु नै राष्ट्रवाद नभएको बताएका छन्। उनले ओलीले भारतसँग नटेरेकाले आफूलाई राष्ट्रवाद भनेर गलत भ्रममा मात्र पारेको बताए।

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो।

शशांकको स्वास्थ्य परीक्षण गर्न भारतीय डाक्टर नेपालमा

अचानक विरामी भएपछि ओम अस्पतालमा उपचार गराइरहेका कांग्रेस महामन्त्री शशांक कोइरालाको थप स्वास्थ्य परीक्षण गर्न भारतबाट डाक्टरको टोली आएको छ। अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स)का डक्टरको टोलीले शनिबार कोइरालाको स्वास्थ्य परीक्षण गरेको ओम अस्पतालका डाक्टर हरिकिशोर श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्