६ आश्विन २०८१ आइतबार
image/svg+xml

पर्यटनमा दलीय प्रतिवद्धता

तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन्।

गठबन्धनले जनतालाई समृद्ध बनाउँछः ओनसरी घर्ती

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गतेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरे।

माओवादी पेण्डुलम भइसक्योः रविन्द्र मिश्र

‘यो देशमा अबको केही वर्षमा जम्मा ३ वटा पार्टी रहन्छ। मुल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस। माओवादी पेण्डुलम जस्तो यता र उती गर्छ, की त्यो विलय हुन्छ, की त्यो साँघुरिएर बस्छ। त्यस बाहेक अर्को क्षेत्रिय र अन्य दलहरु सानो सानो अवस्थामा रहन्छन्। तीन वटामा दुई वटा पार्टी एमाले र काँग्रेस एउटै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन्। एउटै कित्ताका पार्टी हुन्।'

केपी ओलीकै कारण संविधान धरापमा पर्‍यो: दाहाल

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए। ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो।

दुई नगर अध्यक्षसहित तिन जना माओवादी केन्द्रबाट निष्काशित

नेपाल कम्युनिट पार्टी माओवादी केन्द्रले रौतहटका तिन जनालाई पार्टीबाट निष्काशित गरेको छ।

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानून निर्माण गर्छुः ओनसरी घर्ती

'जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउनेछौँ। खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ। हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ। आम नागरिकहरुको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महशुस भएको छ।'

जिताएर पठाउनुस् महेन्द्रलाई मन्त्री बनाउँछु: दाहाल

‘महेन्द्र कमरेडले मुख्यमन्त्री हुँदा राम्रो काम गर्नुभएको छ। यो पटक उहाँलाई जिताएर पठाउनुस्, क्याविनेटको मन्त्री बनाएर पठाउँछु।’

सिन्धुलीमा पुरानै उम्मेदवार, पुरानै प्रतिस्पर्धा

सिन्धुली–१ मा कांग्रेस र एमालेबाहेक अरू उम्मेदवारी त्यति चर्चामा छैनन्। जनता समाजवादी पार्टीबाट सोमनाथ घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शालिगराम माझी, नेपाल मजदुर किसान पार्टीबाट चित्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेनुका ठकुरीले यस क्षेत्रमा उम्मेदवारी दिएकी छन्।

जे बोल्छौं त्यो गर्छौं, गठबन्धनका कारण जित सुनिश्चित भइसक्योः ओनसरी घर्ती

‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिबद्धता लिएर आएका छौँ। जे सक्छौँ त्यो गर्छौं। जे बोल्छौं, त्यो गर्छौं। आज हामी वाम लोकतान्त्रिक गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ। घरदैलो अभियान एकदमै उत्साहपूर्वक छ। कार्यकर्ता र जनसमुदायले आगामी जितको लागि स्वागत गरिरहनुभएको छ। हाम्रो एजेण्डामा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ। गठबन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महशुस गरिरहेका छाैँ। हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ।’

दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा

'यसमा पार्टीको विरासत र व्यक्तिको व्यक्तित्व दुवै मिलेको हुनुपर्दछ', उनले भने, 'सूचना र प्रविधिको तीव्र विकास भइरहेको बेला विगतको जस्तो चुनावी शैली सम्झिने गुल्टिन सक्छन्।'

बाजुरामा माओवादी र समाजवादीबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको संकेत, काँग्रेसलाई सकस

नेकपा माओवादी केन्द्र बाजुराका अध्यक्ष देवीचन्द्र बुढा दीपकले टिकट पाएको माओवादीले अन्य कुनै दललाई समर्थन गर्नु पर्ने बाध्यता नरहेको बताएका छन्। बाजुरा काँग्रेसले कुनै एक दललाई बोकेर जान सक्ने अवस्था नभएको र एकीकृत समाजवादीले माओवादीलाई समर्थन नगर्ने भएपछि मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने बताएका छन।

मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाइयो: महासचिव गुरुङ

उनले भने, 'मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाएको छ, यसअघिको निर्वाचनमा एमालेसँगै हुँदा त्यति बेला पनि म उम्मेदवार थिए, त्यति बेला म मनाङकै बासिन्दा हुँदा पनि टुरिष्ट भइन तर अहिले लमजुङकै बासिन्दा भइसके अहिले कसरी टुरिष्ट उम्मेदवार हुन्छुु?'

ताप्लेजुङमा दलहरुले थाले चुनावी सभा

गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री र प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एसका उम्मेदवार खेमबहादुर वनेमले आफ्ना चुनावी प्रतिबद्धता र भने गठबन्धन दलका विभिन्न तहका नेताहरुले समेत आफ्नो भनाइ राखेका थिए। प्रदेशसभामा काँग्रेसका खगेनसिंह हाङ्गामको आफ्नै चुनावी अभियान चलिरहेको छ।

द्वन्द्वपीडितका काम गठबन्धनले अघि बढाउँछः नेता श्रेष्ठ

'संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ।' उनले भने, 'द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ। त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्