६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दुई नगर अध्यक्षसहित तिन जना माओवादी केन्द्रबाट निष्काशित

नेपाल कम्युनिट पार्टी माओवादी केन्द्रले रौतहटका तिन जनालाई पार्टीबाट निष्काशित गरेको छ। रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलाई पार्टीले समर्थन गरेको तर पार्टीका जिल्ला सदस्य तथा मौलापुर नगर अध्यक्ष राम प्रवेश राय यादव, कटहरिया नगर अध्यक्ष नसरुद्दीन अन्सारी तथा वाइसिएलका प्रमोद यादवलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्काशित गरिएको हो।

पार्टीले लिएको नीति तथा निर्णय बमोजिम चल्नुको साटो माओवादी केन्द्रको निर्णयविरुद्ध विपक्षीलाई सहयोग गरिरहेको भन्दै जिल्ला संयोजक देवेन्द्र पटेलले तिनै जनालाई अनुशासनको कारवाही गरी साधारण सदस्त समेतबाट निष्काशन गरिएको जनाएका छन्।

यसअघि पार्टीको केन्द्रीय कार्यालय पाँच दलीय गठबन्धनतर्फबाट माओवादी केन्द्रको भागमा परेको रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि वीरेन्द्र पटेल धीरजलाई नै कारबाही गरेको थियो। पार्टीले स्वतन्त्र उम्मेदवार साहलाई समर्थन गर्न दिएको निर्देशन पालन नगरेपछि उम्मेदवार पटेलसहित केन्द्रीय सदस्य विन्देश्वर यादवलाई पार्टीबाट निष्काशित गरेको थियो।

जिल्लाका माओवादी नेताहरु स्वतन्त्र उम्मेदवार प्रभु साहको प्रचारप्रसार गरिरहँदा कटहरिया नगर अध्यक्ष अन्सरी, मौलापुर नगर अध्यक्ष यादव तथा वाइसिएलका यादव अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश साहको पक्षमा खुलेर लागेको आरोप रहेको छ।  

प्रकाशित: २४ कार्तिक २०७९ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App