८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी पेण्डुलम भइसक्योः रविन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र) लाई पेण्डुलम पार्टी भउको बताएका छन्।

अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मुल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस पार्टी मात्रै हुने बताएका हुन्। उनले नेकपा (माओवादी केन्द्र) अबको केही वर्षभित्र पेण्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने बताए।

उनले ३ पार्टीमध्ये दुई पार्टी एमाले र काँग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताए। उनले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइसकेको उल्लेख गर्दै एमाले र काँग्रेसलाई जति गाली गरेपनि प्रचण्डपथमा नै हिँडेको बताए। उनले देशको धर्म,संस्कृति, अस्तित्व, स्वाभिमान, भुगोल, पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्ने दायित्व अब राप्रपालाई रहेको बताए। उनले आसन्न निर्वाचनबाट राप्रपाले प्रगतिशील जगमा देशलाई रुपान्तरण गर्ने बताए।

उनले भने, ‘यो देशमा अबको केही वर्षमा जम्मा ३ वटा पार्टी रहन्छ। मुल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस। माओवादी पेण्डुलम जस्तो यता र उती गर्छ, की त्यो विलय हुन्छ, की त्यो साँघुरिएर बस्छ। त्यस बाहेक अर्को क्षेत्रिय र अन्य दलहरु सानो सानो अवस्थामा रहन्छन्। तीन वटामा दुई वटा पार्टी एमाले र काँग्रेस एउटै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन्। एउटै कित्ताका पार्टी हुन्। किनभने यी दुवै पार्टीको लगभग प्रचण्डीकरण भइसक्यो। जति गाली गरेपनि प्रचण्डीकरण भइसक्यो। त्यही बाटोमा हिँडेका छन्। अर्को नरम सम्वर्द्धनवादी धारमा त्यो निरन्तरतासहितको गतिशील राजनीति भनेर जुन राप्रपाले भन्दै आएको छ, त्यो निरन्तरता भनेको यो देशको धर्म जोगाउने, संस्कृति, अस्तित्व, स्वाभिमान, भुगोल जोगाउनु हो। यो देशको पहिचा, जाति, भाषाभाषी सबै जोगाउनुपर्‍यो। त्यो जगमा प्रगतिशील हुनुहुन्छ। त्यो जगमा यो देशलाई रुपान्तरण गर्नुपर्‍यो भन्ने धार राप्रपाले जुन बोकेको छ, त्यो धार कहिले पनि मर्दैन।’

काठमाडौँ क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका वरिष्ठ उपाध्यक्ष मिश्रले काँग्रेस नेता स्व.गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दाबी समेत गरे। 

प्रकाशित: २५ कार्तिक २०७९ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App