१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जिताएर पठाउनुस् महेन्द्रलाई मन्त्री बनाउँछु: दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहलले मंसिर ४ को प्रतिनिधिसभा चुनावमा महेन्द्रबहादुर शाहीलाई निर्वाचित भए उनलाई मन्त्री बनाउने आश्वासन दिएका छन्।

मंगलबार कालिकोटको सदरमुकाम मान्मामा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रममा उनले भने, ‘महेन्द्र कमरेडले मुख्यमन्त्री हुँदा राम्रो काम गर्नुभएको छ। यो पटक उहाँलाई जिताएर पठाउनुस्, क्याविनेटको मन्त्री बनाएर पठाउँछु।’

अध्यक्ष दाहलले यो गठबन्धन विगतकै शान्ति सम्झौताको निरन्तरता रहेको भन्दै बिना हिचकिचाहट गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह समेत गरे। उनले नेकपा एमाले नेतृत्वको गठबन्धन परिवर्तन विरोधी भएको आरोप लगाए। दाहलले निर्वाचनपछि बन्ने सरकारले बजेटमा कर्णालीलाई पहिलो प्राथमिकता दने पनि आश्वासन दिए।

प्रकाशित: २२ कार्तिक २०७९ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App