५ मंसिर २०८१ बुधबार
image/svg+xml

बढ्यो कांग्रेस अधिवेशनको सरगर्मी, रामचन्द्र राईले गरे नगरसभापतिमा उम्मेद्वारी घोषणा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष रहेका राईले आइतबार हुर्लुङमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २७ गते हुने कांग्रेसको गाउँ/नगरपालिका निर्वाचनमा नगर सभापतिमा उठ्ने घोषणा गरेका हुन्।

म कुनै पार्टीसँग एकता गर्दिनः माधव नेपाल

उनले भने,‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ। पार्टी एकता हुने छैन। यो पनि प्रष्ट पार्न चाहान्छु म। कतिचोटी भन्नुपर्छ प्रष्ट पार्न चाहान्छु।

अगाडि धकेल्दा धकेलिने नेताले पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्छ: भीम रावल

उनले आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेका दोस्रो पुस्ताकै नेताहरुले आफूले भन्दा पहिला दुई वटा दल निर्वाचन आयोगमा दर्ता गराएको समेत खुलाए। तीनै नेताहरु अहिले एमालेमै बसेको भन्दै उनले ओली सुध्रिएका हुन् भनेर प्रश्न गरेका थिए।

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

माधव नेपालका १० स्वमार्गीहरू

दुनियाँमा वार्ता गर्न गएका दूतहरू त्यतै गएर बसेको देखिँदैन। रावल लगायत नेपाल पक्षीय स्वमार्गी नेता नेपाललाई देखाएर सधैँ सुविधामा थिए र अहिले फेरि पार्टीमा बसेर आफूलाई एकताका महान् सूत्रधारका रूपमा उभ्याएका छन्। यो तिनको नक्कली स्वरूप हो भन्ने जगत्लाई थाहा छ।

नेकपा एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै

प्रधानमन्त्री शेरबहादुर देउवा चाँडै सरकार विस्तार गर्ने तयारीमा छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। तर सो पार्टीका सबैजसो सांसदले सरकारमा जाने इच्छा देखाएपछि नेता नेपाललाई अप्ठेरो परेको छ।

विभाजन अपजसबाट जोगिन आरोप–प्रत्यारोप

केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। ओलीले नेतृत्व गरेको एमालेबाट अलग भएका नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन्।

थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक

सत्तारुढ दल नेपाली काङ्ग्रेसको निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ।

बाढी नियन्त्रणको दीर्घकालीन योजना बनाउन लोसपाको माग, पार्टी पंक्तिलाई उद्धारमा खटायो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

चार दिनदेखिको रिले अनशन तोड्दै कांग्रेसका जिल्ला सभापतिहरु

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु अनशनमा बसेका थिए।

विद्युत् चुहावट कम हुँदै

कार्यालयको ६.३७ प्रतिशतमा चुहावट कम गर्ने लक्ष्य रहे पनि पुग्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मकवानपुर, चितवन र सिन्धुली गरी तीन जिल्लाका छ विद्युत् वितरण केन्द्र रहेका छन्।

प्रदेश २ मा जसपा र नेकपा (एस) बलिया

तत्कालीन जसपाका ५५ सांसदमध्ये ४० जना उपेन्द्र यादव नेतृत्वको जसपामा खुलेका छन् । यसैगरी एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा (एस)का पक्षमा देखिएका छन् ।

तीन दशकअघिको कीर्तिमान अझै यथावत्

एथलेटिक्समा परिचित नाम हो डम्बर कुँवर। हाइजम्प, हन्ड्रेड एन्ड टेन (११०) मिटर हर्डल्स र डेकाथलन विधाको चर्चा चल्दा जोकोहीले पनि उनको नाम लिने गर्दछन्। सन् १९८८ मा कोरियाको सियोलमा सम्पन्न २४औं ओलम्पिकअन्तर्गत डेकाथलनमा कुँवरले एउटा कीर्तिमान बनाएका थिए।

कांग्रेसमा महाधिवेशन चटारोः निजी कार्यालय खोलेर कार्यकर्तासँग जोडिँदै नेताहरू

सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे। यसअघि विभिन्न नेताले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोलेका छन्। केही नेताहरूले १३औं महाधिवेशनको बेला खोलिएको सम्पर्क कार्यालयलाई नै निरन्तरता दिएका छन्।

काँग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्