२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अगाडि धकेल्दा धकेलिने नेताले पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्छ: भीम रावल

नेकपा एमालेका नेता डा.भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कटाक्ष गरेका छन्। आइतबार सामाजिक संजाल ट्वीटरमा उनले आफ्ना पूर्वसहकर्मी समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालाई कटाक्ष गरेका हुन्।

'कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।' उनले भने, 'द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।'

नेपालले शनिबार एक कार्यक्रममा लामो समय आफूसँग रहेका तर नयाँ पार्टी गठनमा साथ नदिएका दोस्रो पुस्ताका नेताले आपूmलाई धोका दिएको बताएका थिए। 'आफूलाई घचेटेर अगाडि बढ् भने, तर पछाडि फर्किएर हेर्दा कोही पाएन', नेपालले शनिवार भनेका थिए।  

उनले आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेका दोस्रो पुस्ताकै नेताहरुले आफूले भन्दा पहिला दुई वटा दल निर्वाचन आयोगमा दर्ता गराएको समेत खुलाए। तीनै नेताहरु अहिले एमालेमै बसेको भन्दै उनले ओली सुध्रिएका हुन् भनेर प्रश्न गरेका थिए।

प्रकाशित: १३ भाद्र २०७८ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App