coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चार दिनदेखिको रिले अनशन तोड्दै कांग्रेसका जिल्ला सभापतिहरु

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले चार दिनदेखिको रिले अनशन आज तोड्ने भएका छन्। शुक्रबार साँझ सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन तोड्ने बताएका हुन्।

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु अनशनमा बसेका थिए। यस्तै, क्रियाशील सदस्यतामा भएका त्रुटी सच्याउने प्रतिबद्धतासहित जिल्लालाई समय दिनुपर्ने, एक निर्वाचन भएका र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिको निर्वाचनमा एकरुपमा कायम गर्नुपर्ने र जिल्ला सभापतिले पनि महासमिति सदस्यमा चुनाव लड्न पाउनुपर्ने सहितका माग राखेका थिए। सुरुमा उक्त माग संबोधनमा तयार नभएका सभापति देउवा शुक्रबारको बैठकपछि तयार भएका छन्। 

अब सकेसम्म शनिबार नै ७७ वटै जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गरी सच्याउन जिल्लालाई दुई दिनको समय दिइने छ।

प्रकाशित: १२ भाद्र २०७८ ०६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App