८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषद् विस्तारमा छलफल केन्द्रित भएको बताईएको छ। शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो। 

भेटमा मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। मन्त्रिपरिषदको विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने बालुवाटारमा सहमति जुटेको छ।

प्रकाशित: १३ भाद्र २०७८ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App