८ वैशाख २०८१ शनिबार
राजनीति

बाढी नियन्त्रणको दीर्घकालीन योजना बनाउन लोसपाको माग, पार्टी पंक्तिलाई उद्धारमा खटायो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

केन्द्रीय कार्यालय बबरमहलमा शनिवार बसेको पार्टी बैठकले प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र क्षतिपूर्तिको कार्य प्रारम्भ गर्न र बाढी नियन्त्रणको स्थायी उपायको निम्ति दीर्घकालीन योजना कार्यान्वयन गर्न माग गरेको हो।

बैठकपछि अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर तराई-मधेश लगायत देशका विभिन्न जिल्लामा अविरल वर्षाको कारण आएको भीषण बाढी र जलजमावले घर-बस्ती र कृषि पैदावारको व्यापक क्षति भएकोतर्फ ध्यानाकर्षण जनाएका छन्।

ठाकुरले बाढीका कारण ज्यान गुमाएका परिवारहरुप्रति सम्वेदना र सहानुभूति प्रकट गर्दै पार्टी पंक्तिलाई पीडितहरुको उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएका छन्।

प्रकाशित: १२ भाद्र २०७८ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App