२ मंसिर २०८१ आइतबार
image/svg+xml

राष्ट्र बैंकले चलाएमान सुरक्षण धागोसहितको एक सय र ५ सयको नोट ल्याउने तयारी गर्दै

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले नोटको सुरक्षाको सवालमा राष्ट्रबैंकले हरेक सुरक्षित उपाय अपनाउन तयार रहेको जनाए। नोट राष्ट्रियतासँग जोडिएकाले सुरक्षाको सावलमा राष्ट्र बैंकले अझै सुरक्षित उपाय थप्दै जाने उनको ठहर छ।

नेपालगन्ज विमानस्थलभित्रको झाडी र बुट्यान सरसफाइ

नेपालगन्ज विमानस्थलभित्र रहेको रनवे वरिपरिको झाडी र बुट्यान सरसफाइ सुरु गरिएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘९ एन–एएचबी’ जहाजसँग मंगलबार तीन वटा बँदेल एकैपटक ठोकिएको थियो।

नेपालगन्ज विमानस्थलको सुरक्षामा गम्भीर लापर्बाही: जहाजसँग पटकपटक ठोकिन्छन् वन्यजन्तु

केही दिनअघि पनि बुद्ध एयरको ‘एटिआर–७२’ जहाजसँग दुम्सी ठोकिएको थियो। जहाज पार्किङस्थलमा आउँदै गर्दा दुम्सी ठोकिएको थियो। उक्त घटना भने सार्वजनिक भएन।

बिजुली भारतलाई बेच्न बाटो खुल्यो

भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् व्यापार गर्न अनुमति दिएको हो।

यमपञ्चकको दोस्रो दिनः आज कुकुर तिहार मनाइँदै

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।

न्यायालय विवादमा कांग्रेस विभाजित

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा देशबाहिर रहेका बेला मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रममा नेता पौडेलले सम्मानजनक बहिर्गमनका लागि जबराले प्रधानन्यायाधीशबाट छिटोभन्दा छिटो राजीनामा गर्नुपर्ने तर्क गरेका हुन्।

कर्णालीमा कांग्रेसका शाही मुख्यमन्त्री नियुक्त

नवनियुक्त मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र विकासका लागि वन, विद्युत, बाटो, विचार, बजार र व्यवस्थापन ‘६ब’ को अवधारणा अघि सारेका छन्।

कांग्रेसका चुनाव केन्द्रित चियापान

‘कार्यक्रममा जनताका आवश्यकता, गुनासा सुन्ने र सरकारले गरेका कामका बारेमा जानकारी गराउने गरेका छौं,’ उनले भने, ‘कार्यक्रममा जनताको उल्लेख्य सहभागिता छ।’ शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा (माओवादी केन्द्र) परित्याग गरी विभिन्न व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको सभापति ओलीले जनाए।

पार्टीभित्र मूल्याङ्कनको समय आयोः वरिष्ठ नेता पोडेल

“पार्टीका लागि कस्ले के गर्‍यो भन्ने विषयमा मूल्याङ्कन १४ औँ महाधिवेशनले गर्नेछ।” कार्यकर्तालाई दुविधामा राख्ने र ढाकछोप गर्ने गर्दा पार्टी बिग्रिएको उनको भनाइ थियो। “अहिले पार्टी कहाँ पुग्यो मूल्याङ्कन गरेर नेतृत्व चयन गर्नुपर्छ”, उनले भने।

कर्णालीको मुख्यमन्त्रीमा नेता शाहीको दाबी पेस

नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र)का १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

तस्करी रोक्न खोज्दा प्रहरीमाथि हातपात

मूल नाका छलेर भित्री बाटो हुँदै तस्करी भइरहेको सूचना आएपछि बाख्रा नियन्त्रण गर्न खोज्दा तस्करीले आफूमाथि हातपात गरेको असइ ओलीले बताइन्। तिहार नजिकिँदै गर्दा तस्करीले बाहिरी बाटो (चोर बाटो) बाट तस्करी गर्दै आएका छन्। ‘भित्री बाटो हुँदै बाख्रा तस्करी भएको सूचनाका आधारमा हामी पहिला दुई पछाडि दुईजना त्यहाँ गएका थियौं,’ असइ ओलीले भनिन्, ‘नियन्त्रण गर्न खोज्दा हामीमाथि उल्टै हातपात भयो।’

अर्ली इलेक्सन हुनै सक्दैनः अध्यक्ष नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन्।

कार्तिक १९ गते ताथलीमा भिन्तुना र्‍याली

सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मान्यता दिए पनि अझ पनि व्यवहारमा प्रयोगमा नआउँदा नेपाल संवत्बारे रहेको भ्रम हटाउन पनि हरेक वर्ष हुने भिन्तुना र्‍यालीले सहयोग पुग्ने

तिहारमा बत्तीको अभाव हुँदैन: कुलमान घिसिङ

प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन्। उनले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए।

नेपाली समर्थकको मायाले फर्किएँ: अल्मुताइरी

दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलोपटक फाइनलमा पुर्‍याएका प्रशिक्षक अबदुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि आज सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्