८ वैशाख २०८१ शनिबार
खेल

नेपाली समर्थकको मायाले फर्किएँ: अल्मुताइरी

दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलोपटक फाइनलमा पुर्‍याएका प्रशिक्षक अबदुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि आज सम्झौता भएको छ।

नेपाल फर्किएपछि पहिलोपटक अबदुल्लाह आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय र अल्मुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो। साफ च्याम्पियनसिप अघि नेपाल नफर्किने भन्दै छाडेका प्रशिक्षक अल्मुताइरी सम्झौता भएसँगै नेपाल फर्किएका हुन्। आज भएको पत्रकार सम्मेलनमार्फत उनी आगामी तीन वर्षको योजनासहित सार्वजनिक भए।

साफ अघि नेपालमै रहँदा पनि एन्फाका उपाध्यक्षसँगको विवादपछि राजीनामा दिने घोषणा गरेका अबदुल्ला अल्मुताइरी गत सातामा कतार फुटबलसँगको सम्झौता पश्चात नेपाल फर्किएका हुन्। नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अबदुल्लाह नेपाली समर्थक र खेलाडीको मायाले नेपाल फर्किएको बताए।

अल्मुताइरीले प्राप्त गर्ने तलब कतार फुटबल संघले उपलब्ध गराउनेछ। एन्फाले नेपाल बस्ने क्रममा यातायात र सञ्चारका केही रकम दिँदै आएको छ। तीन चरणमा काम गर्ने योजना सार्वजनिक गरेका अल्मुताइरीले सुरुवाती पहिलो चरणको एसिया कप छनोटका कार्यक्रम मात्र सार्वजनिक गरेका छन्। जस अन्तर्गत राष्ट्रिय टिमको प्रशिक्षक र मैत्रीपूर्ण फुटबल खेलको तालिका योजनामा रहेका हुन्। यस्तै विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको छ।

प्रकाशित: १६ कार्तिक २०७८ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App